इन्स्टाग्राम र टिकटकका २३.५ करोड प्रयोगकर्ताको डाटा लीक, कतै तपाईँको पनि पर्यो की ?

Technology Khabar ७ भाद्र २०७७, आईतवार

इन्स्टाग्राम र टिकटकका २३.५ करोड प्रयोगकर्ताको डाटा लीक, कतै तपाईँको पनि पर्यो की ?
Classic Tech
Nepal Telecom

गूगलको यूट्यूब, फेसबुकको इन्स्टाग्राम र बाइटडान्सको टिकटकको प्रयोगकर्ताहरूको प्रोफाइल डाटा लीक भएको छ। यी तीन प्लेटफर्मको करिब २३.५ करोड प्रयोगकर्ताहरूको डाटा लीक भएको जानकारी सार्वजनिक गरिएको छ।

रिपोर्टका अनुसार प्रयोगकर्ताहरूको व्यक्तिगत प्रोफाइलको डाटा डार्क वेबमा बिक्री गरिएको छ।

प्रो कन्जुमर वेबसाइट कम्पेरिटेकका सुरक्षा अनुसन्धानकर्ताले भने कि डाटा ब्रीचको घटनामा ‘असुरक्षित डाटा’ हुनु कारण रहेको छ।

फोर्ब्सको रिपोर्टकाअनुसार यो लीक भएको डाटा बिभिन्न डाटासेटमा पुगिसकेको छ।

यी मध्ये दुई विशेष डाटा सेटहरूमा १० करोड इन्स्टाग्राम प्रयोगकर्ताहरूको डाटा बचत छ। यसमा ती प्रयोगकर्ताहरूका प्रोफाइलहरू समेत छन् जुन इन्स्टाग्रामबाट हटाइएको थियो।

तेस्रो ठूलो डाटा सेट ४.२ करोड टिकटक प्रयोगकर्ताहरूको थियो, त्यस पछि करिब ४० लाख डाटा प्रोफाइलहरू युट्युब प्रयोगकर्ताहरूको रहेको छ।

यो रिपोर्टमा भनिएको छ कि ती उपस्थित हरेक पाँच रेकर्डहरु मध्ये एकमा प्रयोगकर्ताको फोन नम्बर, ठेगाना, प्रोफाइल नाम, पूरा वास्तविक नाम, प्रोफाइल फोटो, खाता विवरण सहित फलोअरहरूको संख्या र लाइक्सको विवरण छ।

कम्पेरीटेकका सम्पादक पार बिशफले भने कि यो जानकारीहरु स्प्यामर र साइबर अपराधका लागि धेरै काम लाग्ने किसिमको रहेको छ, जसको कारण उनीहरुले फिसिंग अभियान चलाउँछन्।

अनुसन्धानकर्ताहरूका अनुसार लीक गरिएको डाटाको पछाडि डीप सोशल नामको कम्पनीको हात रहेको छ, जसलाई २०१८ मा फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूको प्रोफाइल स्क्र्याप गरेपछि प्रतिबन्ध लगाइएको थियो।

यद्यपि कम्पेरिटको रिपोर्टले डाटा मार्केटिङ्ग कम्पनी सोशल डाटाले डीप सोशलको साथ कुनै सम्बन्धलाई अस्वीकार गरेको छ। एजेन्सी

TK Viber

प्रकाशित: ७ भाद्र २०७७, आईतवार

Comments are closed.

Loading...