Technology Khabar ७ भाद्र २०७७, आईतवार
लकडाउनको विषम परिस्थितिमा स्थापना भइ फलफूल तरकारी देखि इलेक्ट्रोनिक्स सामान सम्म घरघरमै डेलिभरी गर्दै आएको नेपाली ई-कमर्स कम्पनी ग्यापु डटकमको बारेमा बिश्व चर्चित मिडिया फोर्ब्सले समाचार प्रकाशन गरेको छ।
फोर्ब्सको कभरेजलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेर्ने गरिन्छ।
अमेरिकाको आइटी हब सिलिकन भ्यालीमा रहेर लामो समय ब्यवसाय गरेका ग्यानेन्द्र खड्काले गत चैत्र २१ गतेबाट ग्यापुको सुरुवात गरेका हुन्।
फोर्ब्सले ग्यापुलाई नेपालको एकदमै चाँडै व्यापार बिस्तार गर्ने कम्पनीका भनेर व्याख्या गरेको कम्पनीको दाबी छ।
साथै समाचारमा ग्यापुले छिट्टै भियतनाममा आफ्नो सेवा बिस्तार गर्ने बताइएको छ। यससँगै ग्यापु बिश्व बजारमा प्रवेश गर्ने पहिलो नेपाली ई-कमर्स कम्पनी हुनेछ। भियतनाम पछि बिश्वका विभिन्न मुलुकमा ग्यापुको सेवा बिस्तार गरिने बताइएको छ।
हाल ग्यापुमा हजार बढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन्। स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एप मार्फत असी हजार ग्राहक दर्ता भइ सेवा लिइरहेको खड्काले बताए।
दस करोडको लगानिमा सुरु गरिएको ग्यापुले हाल दैनिक दस लाख बढीको कारोबार गरिरहेको खड्काले बताए।
खाद्यान्न र घरायसी सामान सँगै ग्यापुले जि-बार नाम दिएर अनलाइन बार समेत सुरु गरेको छ भने बाजेको सेकुवा सँगको साझेदारीमा ग्राहकलाई रेस्टुरेन्ट परिकार समेत डेलिभरी गर्न सुरु गरिएको छ।
ग्यापुले आफ्नो व्यापार संजाल बिस्तार गर्ने क्रममा सिभिलमलका सम्पूर्ण पसल आफ्नो सिस्टममा दर्ता गरि अनलाइन सिभिल मलको सेवा समेत दिन सुरु गरेको जनाएको छ ।
*सम्पादित
प्रकाशित: ७ भाद्र २०७७, आईतवार