टिकटकले अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशलाई अदालतमा चुनौती दिने

Technology Khabar ६ भाद्र २०७७, शनिबार

टिकटकले अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशलाई अदालतमा चुनौती दिने
Classic Tech

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको शर्ट भिडियो शेयरिङ्ग एप टिकटकले अब अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशलाई अदालतमा चुनौती दिने तयारी गरिरहेको छ।

ट्रम्प प्रशासनले टिकटकलाई प्रतिबन्ध लगाएको थियो र ४५ दिन भित्र उनको व्यवसाय बेच्न भनेका थिए तर त्यसलाई फेरी ९० दिन पुर्याईएको थियो । यद्यपि, टिकटक दोस्रो अर्डरको विरुद्धमा अदालत जान तयार भइरहेको छ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार टिकटक सोमबार अदालत जान सक्छ।

बाइन्डान्स टिकटकको अमेरिकी व्यापार बेच्न अमेरिकी कम्पनी माइक्रोसफ्ट र ओरेकलसँग वार्तामा छ। तर अझै कसले किन्नेछ भन्ने स्पष्ट भएको छैन् ।

ट्रम्प प्रशासनले १४ अगस्टमा एउटा आदेश जारी गरी चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी व्यापार ९० दिन भित्र बेच्न समय दिएको छ।

यद्यपि समाचारकाअनुसार टिकटकले राष्ट्रपति ट्रम्पको आदेशलाई चुनौती दिन तयारी गरिरहेको छ। यो आदेशद्वारा अमेरिकी वाणिज्य मन्त्रीलाई बाइटडान्स र यसका होल्डिङ्ग कम्पनीहरूको लेनदेनहरूको सूची बनाउन आदेश दिइयो जसलाई ४५ दिन पछि प्रतिबन्द्ध लगायन सकिनेछ।

प्रकाशित: ६ भाद्र २०७७, शनिबार

Comments are closed.

Loading...