अनलाइनमार्फत प्रिन्टिङ सम्बन्धि सेवा उपलब्ध गराउने प्रिन्टसेवाको कारोबार शुरु

Technology Khabar ५ भाद्र २०७७, शुक्रबार

अनलाइनमार्फत प्रिन्टिङ सम्बन्धि सेवा उपलब्ध गराउने प्रिन्टसेवाको कारोबार शुरु
Classic Tech

नेपालमा अनलाइनमार्फत प्रिन्टिङ सम्बन्धि सेवा उपलब्ध गराउने गरि प्रिन्टसेवाले कारोबार सुरु गरेको छ।

छपाइ सम्बन्धित सेवाहरु अनलाइनबाटै उपलब्ध गराउने गरि कम्पनीले आफ्नो सेवा शुरु गरेको हो । कम्पनीले प्रिन्टिङ सुविधा डिजिटल माध्यमबाटै उपलब्ध गराउने भएको छ ।

कम्पनीले कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिमा छाप्न सक्ने सुबिधा दिएको छ। त्यस्तै ५० भन्दा बडी किसिमको पेपर, ३० भन्दा बडी मिडिया प्रयोग गरी गुणस्तरीय छपाइ सेवा दिने जनाएको छ।

जसअन्तरगत डिजिटल प्रिन्ट, अफसेट प्रिन्ट, स्क्रीन प्रिन्ट, रोलर प्रिन्ट, इचिङ, लेजर प्रिन्ट, यूभी प्रिन्ट, हिट ट्रान्सफर जस्ता प्रिन्ट गर्न सकिनेछ ।

प्रिन्टसेवाको वेबसाइटमा गएर सिधै अनलाइनबाट अर्डर गर्न सकिनेछ भने डिजाइनको सुबिधा समेत अनलाइनबाटै उपलब्ध हुनेछ । छपाइको अर्डर गरेपछि कम्पनीले घरमा नै डेलिभरी दिने छ।

हाल डेलिभरी सुविधा काठमाडौंमा मात्र सिमित रहेको कम्पनीले बताएको छ।

अनलाइन मार्फत हुने अर्डरहरुको लागि रकम भुक्तानी विभिन्न डिजिटल वालेटमार्फत अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७७, शुक्रबार

Comments are closed.

Loading...