एप्पलको बजार मूल्य २ ट्रिलियन डलर पुग्यो, बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

Technology Khabar ४ भाद्र २०७७, बिहीबार

एप्पलको बजार मूल्य २ ट्रिलियन डलर पुग्यो, बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी
Classic Tech
Nepal Telecom

एप्पल १ ट्रिलियन डलरको शेयर बजार मूल्यको साथ सार्वजनिक रूपमा सूचीबद्ध अमेरिकी कम्पनी बनेको दुई वर्षमा नै आईफोन निर्माताले २ ट्रिलियन डलर बजार मूल्य भएको कम्पनी बनेको छ।

यो २ ट्रिलियन डलर बजार मूल्य भएको पहिलो अमेरिकी कम्पनी पनि भएको छ ।

यसको सेयर मूल्यले बुधबार अमेरिकाको मध्य(बिहानी भएको कारोबार ४६७.७७ डलर पुगेको थियो । जसले गर्दा यसलाई २ डलर भएको कम्पनी बनाएको हो ।

गत डिसेम्बरमा राज्य समर्थित साउदी अरामकोको शेयर सूचीबद्ध गरेपछि कम्पनी २ ट्रिलियन डलरको स्तरमा पुग्ने कम्पनी भएको थियो। एप्पल यस्तो २ ट्रिलियन डलर पुग्ने दोस्रो कम्पनी हो ।

तर त्यस बेला देखि तेल कम्पनीको शेयर मूल्य १.८ ट्रिलियन डलरमा झरेकोछ र एप्पलले यसलाई पार गरेर जुलाईको अन्त्यमा विश्वको सबैभन्दा मूल्यवान ट्रेडडेड कम्पनी बन्न पुग्यो।

कोरोनाभाइरसको संकटको बावजुद आईफोन निर्माताका सेयरहरूले यस बर्ष ५० प्रतिशत भन्दा बढी वृद्धि भएको छ । यदपि कम्पनीको चीनसँगको राजनितीक खिचातानी र कोरोनाभाइरसको सँकटले गर्दा यसले आफ्नो रिटेल स्टोर बन्द गर्न बाध्य भएको थियो।

वास्तवमा, यसको सेयर मूल्य मार्चमा यसको न्यून बिन्दुदेखि दोब्बर भएको छ।

गएको जुलाईमा सकिएको तेस्रो त्रैमासमा कम्पनीले ससक्त आम्दानी गरेको देखिएको थियो ।

TK Viber

प्रकाशित: ४ भाद्र २०७७, बिहीबार

Comments are closed.

Loading...