क्लासिक फेसबुक सेप्टेम्बरदेखि उपलब्ध नहुने, प्रयोगकर्ताहरुलाई पेजबाटै जानकारी दिँदै

Technology Khabar ४ भाद्र २०७७, बिहीबार

क्लासिक फेसबुक सेप्टेम्बरदेखि उपलब्ध नहुने, प्रयोगकर्ताहरुलाई पेजबाटै जानकारी दिँदै
Classic Tech

सोशल मिडिया जायन्ट फेसबुकले केहि महिनाअघि सार्वजनिक गरेको फेसबुकको नयाँ डिजाइन अब सँधैको लागि रहने र पुरानो ‘क्लासिक फेसबुक’ डिजाइन उपलब्ध नहुने जानकारी दिएको छ ।

फेसबुकले सबै प्रयोगकर्ताहरुलाई उनिहरुको पेजमा नै जानकारी दिँदै क्लासिक फेसबुक आगामी सेप्टेम्बरदेखि हराउने जानकारी दिएको हो ।

हालसम्म प्रयोगकर्ताहरुलाई नयाँ डिजाइनको फेसबुक र पुरानो क्लासिक फेसबुक दुबै प्रयोग गर्न सकिने सुबिधा दिँदै आएको छ । कम्पनीले नयाँ डिजाइन सार्वजनिक गरेसँगै नयाँ डिजाइन नरुचाउनेहरुका लागि क्लासिक फेसबुकमा स्वीच गर्ने विकल्प उपलब्ध गराउँदै आएको छ।

तर अब भने पुरानो डिजाइन नरहने र क्लासिक फेसबुक छिटै जाने जानकारी दिएको हो ।

कम्पनीले नयाँ फेसबुक डटकममा निकै सुधार गरिएको बताउँदै प्रत्येकले नयाँ लूकमा फरक अनुभव हासिल गर्ने दाबी गरेको छ ।

क्लासिक फेसबुक सेप्टेम्बरदेखि उपलब्ध नगराउने भन्दै नयाँ फेसबुकका विशेषताहरुको बारेमा प्रयोगकर्ताहरुलाई जानकारी दिएको छ ।

यसमा नयाँ सफा लूक र ठूलो टेक्स्टहरुका कारण खोज्न सहज हुने कम्पनीले उल्लेख गरेको छ त्यसैगरि लोडिङ्ग टाइमलाई पनि तिब्र बनाएको छ भने आँखालाई कम असर गर्नेगरि डार्क मोडको अप्सन दिएको उल्लेख छ ।

कम्पनीले पहिलो नोटिफिकेसनमा क्लासिक फेसबुक नरहने जानकारी दिँदै दोस्रो नोटिफिकेसनमा लाइट फेसबुक वा डार्क फेसबुक छनौट गर्न सकिने सुबिधा भएकोे बताएको छ । जसमा यूजर्सको सेटिङ्गबाट जहिले पनि मोडहरु परिवर्तन गर्न सकिने सुविधा दिएको छ ।

प्रकाशित: ४ भाद्र २०७७, बिहीबार

Comments are closed.

Loading...