कृषि विकास बैंक र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

Technology Khabar ३ भाद्र २०७७, बुधबार

कृषि विकास बैंक र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
Classic Tech

कृषि विकास बैंक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंक लि.का नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ ।

सम्झौता पत्रमा कृषि विकास बैंकका तर्फबाट उप महाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरे ।

सम्झौता पश्चात् बैंकका उपमहाप्रवन्धक न्यौपानेले बैंक र इसेवाबीच पहिले देखि नै विभिन्न माध्यमबाट सहकार्य भईरहेकोमा अब रेमिट्यान्स् कारोवार मार्फत पनि सहकार्य अगाडी बढ्न लागेकोमा खुसि लागेको बताए ।

सम्झौता कार्यक्रममा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले कृषि विकास बैंक जस्तो व्यापक संजाल भएको बैंकसंग विष्रेषण कारोबारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताए ।

कृषि विकास बैक डिजिटल बैंकिड विभागका विभागीय प्रमुख बाशुु अधिकारीले बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्न अगाडी बढिरहेको र यसै क्रममा इसेवा मनि ट्रान्सफरसंग विष्रेषण सम्झौता भएको बताए ।

कार्यक्रममा बैकका डिजिटल बैंकिङ्ग विभागका कृष्णप्रसाद नेपाल, शान्ति प्रसाद रिजाल र इसेवामनि ट्रान्सफरका अविनास थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित: ३ भाद्र २०७७, बुधबार

Comments are closed.

Loading...