Technology Khabar ३ भाद्र २०७७, बुधबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज रातीदेखि आगामी १० गतेसम्म जारी हुने निषेधाज्ञा अवधिभर प्राधिकरणका कर्मचारीहरुले वर्क फ्रम होम अन्तरगत कार्यरत रहने र सेवा प्रदायकहरुलाई निरन्तर सहजीकरण गरिने जानकारी दिएको छ ।
प्राधिकरणका सूचना अधिकारी संदिप अधिकारीले दिएको जानकारीअनुसार दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणका कर्मचारीहरुले घरबाट नै अफिस अटोमेशन सिस्टमबाट दैनिकरुपमा गर्नुपर्ने काम कर्मचारीहरुले गर्ने छन् ।
त्यसैगरि कार्यालय समय अवधिभर कर्मचारीहरुले प्राधिकरणको सेवा संचालन मार्गदर्शन, २०७७ बमोजिम सेवा दिनुपर्ने उल्लेख छ ।
यसका साथै प्राधिकरणले अत्यावश्यक सेवा अन्तरगत पर्ने दूरसञ्चार सेवालाई सहजिकरणको काम यथावत हुने जानकारी दिएको छ । प्राधिकरणले सो प्रयोजनको लागि तोकिएको ईमेल ठेगानाहरु ([email protected] [email protected])मा सेवा प्रदायकहरुले पत्राचार गर्न सक्नेछन् ।
प्राधिकरणले अत्यावश्यक सेवाअन्तरगत पर्ने दूरसञ्चार सेवा प्रदायकहरुलाई अत्यावश्यक कामको लागि न्यूनतम कर्मचारी र सवारी साधन परिचालन गरि सहयोग गर्न समेत अनुरोध गरेको छ ।
प्रकाशित: ३ भाद्र २०७७, बुधबार