नेपाल टेलिकमले भन्यो- सेवाहरुको रिचार्ज तथा भुक्तानी अनलाईनमार्फत गर्नुस्

Technology Khabar ३ भाद्र २०७७, बुधबार

नेपाल टेलिकमले भन्यो- सेवाहरुको रिचार्ज तथा भुक्तानी अनलाईनमार्फत गर्नुस्
Classic Tech

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ग्राहकहरुलाई अनलाइन माध्यमबाटै विभिन्न सेवाहरुको भुक्तानी गर्न अनुरोध गरेको छ ।

कम्पनीले सबै सेवाग्राहीहरुलाई आज एसएमएस पठाउँदै सबैलाई सुरक्षित हुँदै अनलाइन कारोबार गरेर सेवा लिन भनेको हो ।

कम्पनीले ग्राहकहरुलाई अहिलेको विषम अवस्थामा नेपाल टेलिकमको कुनैपनि सेवाको रिचार्ज, महशुल भुक्तानी गर्दा सम्भव भएसम्म अनलाइन माध्यमबाट गर्न अनुरोध गरेको हो ।

कम्पनीले यसअघि नै आफ्ना सेवाहरुको भुक्तानी र रिचार्जको लागि अनलाइन प्रणालीमार्फत गर्न सकिने सुबिधा प्रदान गर्दै आएको छ ।

यसका साथै मोबाइल वालेटहरुमार्फत समेत सेवाहरुको शुल्क भुक्तानी तथा रिचार्ज गर्न सकिनेछ ।

यो पनि हेर्नुस्-

यसरी गर्नुस् नेपाल टेलिकमको महशुल भुक्तानी, ब्यालेन्स टपअप र ब्यालेन्स ट्रान्सफर

प्रकाशित: ३ भाद्र २०७७, बुधबार

Comments are closed.

Loading...