सामसङले आफ्ना डिभाइसहरुमा ३ वर्ष अपडेट दिने, फ्लागशिप बाहेकका फोनले पनि अपडेट पाउने

Technology Khabar ३ भाद्र २०७७, बुधबार

सामसङले आफ्ना डिभाइसहरुमा ३ वर्ष अपडेट दिने, फ्लागशिप बाहेकका फोनले पनि अपडेट पाउने
Classic Tech
Nepal Telecom

सामसङको हालैको अनप्याक्ड इभेन्टमा कम्पनीले आगामी ३ वर्षसम्म तोकिएका डिभाइसहरुमा अपडेट दिने घोषणा गरेको थियो । जसअनुसार कम्पनीले हालै ३ वटा पूरै अपडेट पाउने डिभाइसहरुको घोषणा गरेको छ ।

कम्पनीको ग्यालेक्सी एस तथा ग्यालेक्सी नोट सिरिजका फ्ल्यागशिप फोनहरुमा अपडेट छिटो गर्ने गरेपनि अन्य डिभाइसहरुमा निकै ढिला अपडेटहरु दिने गरेको थियो ।

तर अब भने कम्पनीले निरन्तर ३ वटा प्रमुख एन्ड्रोइड अपडेटहरु दिनेछ । कम्पनीले हालै आफ्नो ब्लगमार्फत अपडेट हुने ३८ डिभाइसको सूची सार्वजनिक गरेको छ । यो सूचीमा पछिल्लो वर्ष सार्वजनिक गरिएका डिभाइसहरु मात्र समावेश छन् ।

जसअन्तरगत एन्ड्रोइड १० मा आधारित डिभाइसहरुलाई एन्ड्रोइड ११ र एन्ड्रोइड १२ सम्म अपग्रेड गर्न सकिनेछ । तर सबै ग्यालेक्सी डिभाइसहरुले भने यस्तो अपग्रेड प्राप्त गर्ने छैनन्।

यसमा ग्यालेक्सी एस सिरिज, ग्यालेक्सी नोट सिरिज, ग्यालेक्सी ए सिरिज, ग्यालेक्सी ट्याबहरु र ग्यालेक्सी फोल्डेबल डिभाइसहरु छन् ।

ग्यालेक्सी ए सिरिजका ग्यालेक्सी ए ५१ ५जी, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ७१ ५जी, सेभेन्टी वान, ग्यालेक्सी ए ९० ५जी र ग्यालेक्सी ए सिरिजका भविष्यमा आउने अन्य स्मार्टफोनहरुले समेत भविष्यको एन्ड्रोइड अपडेट पाउनेछन् ।

त्यसैगरि फोल्डेबल फोनहरुमा जेड फोल्ड २ ५जी, जेड फोल्ड, जेड फ्लिप फाइभजी, जेड फ्लिप, फोल्ड ५जी र फोल्ड लगायतका ग्यालेक्सी फोल्डेबल डिभाइसले अपडेट पाउनेछन् ।

ग्यालेक्सी नोट टेनपछिका ग्यालेक्सी नोट सिरिजका डिभाइसहरुमा पनि नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम सपोर्ट हुनेछ । यसमा नोट १० नोट १० लाइट भन्दा माथिका नयाँ डिभाइसहरु छन् ।

ग्यालेक्सी एस सिक्स सिरिजभन्दा पछि आएका ग्यालेक्सी ट्याब मोडेल र नयाँ आउने मोडलहरुले पनि आगामी तीन जेनेरेसनको एन्ड्रोइड अपडेट प्राप्त गर्नेछन् । यसमा ग्यालेक्सी ट्याब ७ प्लस, ग्यालेक्सी ट्याब ७ प्लस ५जी, ट्याब एस ७ ५जी, ट्याब एस ७, ग्यालेक्सी ट्याब एस ६ ५जी, ग्यालेक्सी ट्याब एस ६ लाइट, ट्याब एस ६ र ग्यालेक्सी ट्याब एस सिरिजका अब आउने डिभाइसहरु छन् ।

ग्यालेक्सी एस १० सिरिजदेखि ग्यालेक्सी एससम्मका सबै एन्ड्रोइड फोनहरुका लागि सामसङले अपडेट दिनेछ । यो सूचीमा एस १० सिरिज, एस २० सिरिज र नयाँ आउने डिभाइसहरु हुनेछन् ।

यी डिभाइसहरुमध्ये ग्यालेक्सी एस २० लाइनअप पहिलो ग्यालेक्सी डिभाइस हुनेछ, जसले आगामी वर्ष एन्ड्रोइड ११ को अपग्रेड सबैभन्दा पहिले प्राप्त गर्नेछ । अरु डिभाइसमा त्यसपछि क्रमशः अपग्रेड आउनेछन् ।

TK Viber

प्रकाशित: ३ भाद्र २०७७, बुधबार

Comments are closed.

Loading...