माइक्रोसफ्टको फ्लाइट सिमुलेटर एक्स गेम आयो, घरमै बसेर प्लेन उडाएको अनुभव लिन सकिने

Technology Khabar ३ भाद्र २०७७, बुधबार

माइक्रोसफ्टको फ्लाइट सिमुलेटर एक्स गेम आयो, घरमै बसेर प्लेन उडाएको अनुभव लिन सकिने
Global IME Bank

काठमाडौं ।

माइक्रोसफ्टको फ्लाइट सिमुलेटर एक्स गेमलाई कम्पनीले पुन सुधार गरेर नयाँ भर्सन सार्वजनिक गरेको छ । नयाँ संस्करणमा कम्पनीले लाइभ मौसम, ट्राफिक र विश्वको नक्सासहित ल्याएको हो ।

यसमा जो कसैले पनि पाइलटको रुपमा विश्वभर हवाईजहाज उडाउन सक्नेछ जसमा साँच्चिकैको अनुभव प्रदान गर्दछ ।

खेलमा, खेलाडीहरूको चयन उडान मार्ग छनौटका साथ सुरु हुन्छ, जुन सामान्यतया रनवेमा सुरु हुन्छ।

अहिले आएको माइक्रोसफ्टको फ्लाइट सिमुलेटर एक्स गेम करिब ३८ वर्ष पुरानो माइक्रोसफ्ट फ्लाइट सिमको नयाँ भर्सन हो ।

नयाँ भर्सनको यो गेम स्ट्यान्डर्ड, डिलक्स र प्रिमियम गरी तीन फरक/फरक तहमा उपलब्ध छ । जसको मूल्य क्रमशः ५९.९९ डलर, ८९.९९ डलर र ११९.९९ डलर राखिएको छ । यसमा अतिरिक्त प्लेनहरु र एयरपोर्टको आधारमा मूल्य बढ्नेछ ।

यो गेम हवाई उडान तालिमको रुपमा सन् १९७० मा निर्माण गरिको थियो ।

यसलाई शुरुवातदेखि नै भिडियो गेमको रुपमा बजारीकरण गरिएको थियो ।

अब यो गेम विण्डोज, म्याक र एक्सबक्सका डिभाइसमा उपलब्ध भएको छ । जसमा प्लेनबाटै भर्चुअल रुपमा विश्व भ्रमण गर्न सकिन्छ ।

प्रयोगकर्ताले यो गेममार्फत विश्वका ३६ सय वटा विमानस्थलमा उडान तथा अवतरण गराउन सक्नेछन् । एजेन्सीका साथ

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३ भाद्र २०७७, बुधबार