Technology Khabar २ भाद्र २०७७, मंगलवार
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘रिफर’ अफर सार्वजनिक गरेको छ ।
विद्यमान प्रयोगकर्ताले अर्को व्यक्तिलाई कम्पनीको इन्टरनेट प्रयोग गर्न रिफर गर्दा कम्पनीले दुई महिनाको सेवा निःशूल्क उपलब्ध गराउने भएको हो ।
यस योजना अन्तर्गत हाल कम्पनीकै इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताले नयाँ जडानका लागि रिफर गर्न सक्नेछन् । रिफर गरिएको व्यक्तिले एक वर्षको लागि इन्टरनेट जडान गरेको खण्डमा कम्पनीले रिफर गर्ने व्यक्तिलाई दुई महिनासम्म इन्टरनेट सेवा निःशूल्क उपलब्ध गराउनेछ ।
एन्ड्रोइडका लागि गूगल प्ले स्टोर र आईफोनका लागि एप स्टोरबाट क्लासिक टेकको मोबाइल एप डाउनलोड गरी कम्पनीको रिफर अफरमा सहभागी हुन सकिनेछ ।
रिफर कसरी गर्ने ?
यसरी रिफर गर्दा रिफर गरिएको व्यक्तिले इन्टरनेट जोडेको खण्डमा दुई महिनासम्म निःशूल्क इन्टरनेट सेवाका साथै प्रभु टीभी समेत निःशूल्क प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।
प्रकाशित: २ भाद्र २०७७, मंगलवार