जेडटिईको एक्जोन २० ५जी स्मार्टफोन, विश्वकै पहिलो अण्डर डिस्प्ले क्यामरा फोन भएको दाबी

Technology Khabar २ भाद्र २०७७, मंगलवार

जेडटिईको एक्जोन २० ५जी स्मार्टफोन, विश्वकै पहिलो अण्डर डिस्प्ले क्यामरा फोन भएको दाबी
Classic Tech

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी जेडटिईले बजारमा आफ्नो एक्सोज सिरिजको नयाँ स्मार्टफोन ल्याउन लागेको छ । जसमा विश्वमै पहिलो अण्डर डिस्प्ले क्यामरा हुने दाबी गरिएको छ।

जेडटिईको एक्जोन २० स्मार्टफोनमा अण्डर डिस्प्ले क्यामरा अर्थात डिस्प्लेभित्रै क्यामरा हुने बताइएको छ। अहिलेसम्मका स्मार्टफोनहरुमा क्यामरा बडी डिस्प्ले बाहिरबाट नै देख्न सकिने किसिमको हुन्छ।

यो फोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर हुनेछ। फाइभजी नेटवर्क सपोर्ट गर्ने यसको डिस्प्ले ६.९२ इन्चको हुने बताइएको छ।

पावरका लागि ४१०० एमएएच क्षमताको ब्याट्री हुने यो स्मार्ट फोनको सेल्फी क्यामेराको सेन्सर ३२ मेगापिक्सेलकोव हुनेछ। यो फोन सेप्टेम्बर १ मा सार्वजनिक हुने बताइएको छ।

कम्पनीले अण्डर डिस्प्ले क्यामरासहितको पहिलो स्मार्टफोन भएको दाबी गरेपनि यसभन्दा अगाडि ओपोले अण्डर डिस्प्ले क्यामरा भएको स्मार्टफोनको मोडल प्रदर्शन गरिसकेको छ ।

तर जेडटिईको एक्जोन २० ५जी स्मार्टफोन बजारमा आउने अण्डर डिस्प्ले क्यामरा भएको पहिलो व्यवसायीक स्मार्टफोन हुनेछ।

यसमा जेडटिईले डिस्प्लेबाट भित्र जाने लाईटलाई कसरी व्यवस्थापन गरेको छ भन्ने विषय सबैको लागि चासोको विषय हुनेछ किनकी अण्डर डिस्प्ले क्यामरा फोन ल्याउन प्रयासरत सबै कम्पनीहरुलाई यो चुनौती हुँदै आएको छ।

यसको ओएलईडी प्यानल चीनको सबैभन्दा ठूलो ओएलईडी डिस्प्ले निर्माता भिजनएक्सले तयार पारेको हो ।

यसमा ५जी कनेक्सनको लागि स्न्यापड्रागनको ७६५जी चीपसेट प्रयोग गरिएको छ ।

नेपालमा जेडटिईका विभिन्न मोडलका स्मार्टफोनहरु उपलब्ध भएपनि उच्चतहकाका मोडलहरु आएका छैनन् ।

नेपालमा काष्ठमण्डप एशिया इन्टरनेशनल प्रालिले जेडटिईका फोनहरु बिक्री गर्दै आएको छ ।

प्रकाशित: २ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...