Technology Khabar २ भाद्र २०७७, मंगलवार
एनएमबि बैंकले वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ ।
‘साच्चै डिजिटल बैंङ्किङ अनुभव’ मूलमन्त्र सहित ओम्निच्यानल डिजाइन गरि बैंङ्किङ क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो ।
एनएमबि ओम्निच्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ्ग गतिविधिहरू सञ्चालन गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
केवाइसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट, टीडीएस स्टेटमेन्टहरू, बचत र एफडी खोल्न/बन्द, समय अगावै एफडी प्रिम्याचुअर, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का, खाता सक्रिय गर्ने लगायतका कामहरु गर्न सकिनेछ ।
नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का, एक भन्दा बढी खाताहरू, डिमांड ड्राफ्टहरू जारी, एफडीआई प्रमाणपत्र प्राप्त, युएसडी कार्ड अनुरोध, टप अप, कर्जा योग्यता परिक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिन्छ ।
सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दे लगिनेछ । ग्राहकहरूले आइओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ई एनएमबि मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्न सक्नेछन् ।
एनएमबि ओम्निच्यानलले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंङ्किङको परम्परागत उपयोगको सीमितता भन्दा माथी उठेर बैंकमा नधाइकनै प्रशस्त सम्भावनाहरु सहित मुख्य बैंङ्किङ गतिविधिहरु संचालन गर्न सक्ने बैंकले जनाएको छ।
प्रकाशित: २ भाद्र २०७७, मंगलवार