मर्चेण्ट बैंकरहरुले शेयरसम्बन्धि सबै सेवाहरु अब अनलाइनबाटै दिने

Technology Khabar २ भाद्र २०७७, मंगलवार

मर्चेण्ट बैंकरहरुले शेयरसम्बन्धि सबै सेवाहरु अब अनलाइनबाटै दिने
Classic Tech

मर्चेण्ट बैंकरहरुले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै ग्राहकहरुलाई घरबाटै लिने सुविधा दिने भएका छन् ।

मर्चेण्ट बैंकर एशोसिएसनले हालको संक्रमण जोखिमलाई ध्यानमा राख्दै घरबाटै अनलाइन तथा भर्चुअल सेवा प्रवाह गर्ने बताएको छ।

नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै शेयर बजार सरोकारबालाहरुलाई अनलाइनमार्फत सेवा प्रदान गर्न निर्देशन दिए बमोजिम मर्चेण्ट बैंकरले पनि यस्तो निर्णय गरेका हुन् ।

हाल ग्राहकहरुले लिईरहेको सेवाहरु संभव भएसम्म अनलाइन, भर्चुअल र विद्युतीय माध्यमबाट मात्र प्रदान गर्ने भएको हो ।

एसोसिएसनले जोखिम न्युनीकरण गर्न विद्युतीय कारोबार तथा वर्क फर्म होमको नीति अवलम्बन गर्ने भएको हो।

आवश्यक परेको खण्डमा मात्र ग्राहकले इमेल वेबसाइट, फोन नम्बर वा विद्युतीय माध्यमबाट सम्पर्क गर्न भनेको छ ।

प्रकाशित: २ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...