नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशन सम्झौता

Technology Khabar २ भाद्र २०७७, मंगलवार

नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशन सम्झौता
Classic Tech

नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ ।

प्रति शेयर रु.१००/-दरले १,३५,९२,५९२ कित्ता हकप्रद शेयरको रु १,३५,९२,५९,२००/-(अक्षरेपी एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय मात्र) रकम बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।

हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित: २ भाद्र २०७७, मंगलवार

Comments are closed.

Loading...