सुन्दर यातायातका गाडीहरुमा क्यास लेस भाडा तिर्न मिल्ने स्मार्ट कार्ड सेवा

Technology Khabar १ भाद्र २०७७, सोमबार

सुन्दर यातायातका गाडीहरुमा क्यास लेस भाडा तिर्न मिल्ने स्मार्ट कार्ड सेवा
Classic Tech

विद्युतीय बसमार्फत यातायात सेवा दिइरहेको सुन्दर यातायात प्रालिले विद्युतीय भुक्तानी थाल्ने भएको छ ।

नेपालमै पहिलोपटक विद्युतिय सवारी साधन संचालन गरिरहेको सुन्दर यातायात क्यास लेस भाडा तिर्न मिल्ने स्मार्ट कार्ड संचालनमा ल्याएको हो।

यातायातले आई-पे प्रालीसँगको सहकार्यमा ई–पेमेन्ट सेवा सुरु गरेको छ।

आइतबार एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष भेषबहादुर थापा र आई-पे प्रालिका कार्यकारी निर्देशक अमितमान तुलाधरले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतासँगै बजारमा २०० र ५०० मूल्यका कार्डहरु उपलब्ध हुनेछन्, १ बर्षको म्याद भएका कार्डमार्फत सहजै भुक्तानी गर्न सकिने बताईएको छ ।

यो ई-पेमेन्ट सिस्टम सुन्दर यातायात मात्र नभई जुनसुकै सार्वजनिक यातायातले राख्न सक्ने बताईएको छ। कुनै पनि यातायात कम्पनीले यो सिस्टम राख्न चाहेमा डिभाइसको ५ हजार मात्र तिर्नुपर्ने हुन्छ।

यो कार्ड डिभाइस जडान गरिएको यातायात, स्टेसनरी, डिपार्टमेन्ट स्टोर र ई–सेवाबाट अनलाईन खरीद गर्न मिल्ने र बैंक एकाउन्टबाट रिचार्ज गर्न सकिने तुलाधरले जानकारी दिए।

डिजिटल पेमेन्ट कार्ड छिट्टै अनलाइनमार्फत पनि खरिद गर्न सकिने छ । नेपाल सरकारले ल्याउन लागेको डिजिटल प्रणालीमा समेत सोहि कार्ड प्रयोग गर्न मिल्ने कम्पनीले बताएको छ ।

प्रकाशित: १ भाद्र २०७७, सोमबार

Comments are closed.

Loading...