Technology Khabar १ भाद्र २०७७, सोमबार
काठमाडौं ।
कोभिड-१९ को महामारीका बिच भएको लकडाउनका कारण एसईई दिन नपाए विद्यार्थीहरु आफ्नो आन्तरिक मूल्यांकनको आधारमा तय भएको नतिजा हेर्न निकै प्रतिक्षारत रहेका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
विद्यालयहरुले विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरेर सोहि आधारमा एसईईको नतिजा तयार पारेका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा सम्बन्धी विवरण सार्वजनिक हुने माध्यमहरु जानकारी दिँदै नतिजा सजिलै हेर्न सकिने बताएको छ ।
बोर्डले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न वेबसाइटहरु, एसएमएस र आईभी प्रणाली मार्फत नतिजा सार्वजनिक भएको जानकारी दिएको छ ।
एसईईको नतिजा नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा सुन्न वा सिम्बल नम्बर एसएमएस गरेर थाहा पाउन सकिन्छ।
यस्तै, इजी सर्भिस प्रालिको ३४९४९ मा सिम्बल नम्बर एसएमएस गरि नतिजा थाहा पाउने सकिने छ ।
विभिन्न अनलाइनमार्फत पनि एसईईको नतिजा हेर्न सकिने सुबिधा रहेको छ ।
जसमा भक्तपुर सानोठिमी स्थित राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडियु सञ्जाल डटकम र कान्तिपुर पब्लीकेशन प्रालिमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
प्रकाशित: १ भाद्र २०७७, सोमबार