भन्सार विभागले अत्यावश्यक सेवाहरु अनलाइनबाटै दिने, बढि जनसम्पर्क हुने सेवाहरु स्थगित

Technology Khabar ३२ श्रावण २०७७, आईतवार

भन्सार विभागले अत्यावश्यक सेवाहरु अनलाइनबाटै दिने, बढि जनसम्पर्क हुने सेवाहरु स्थगित

काठमाडौं ।

भन्सार विभागले आफ्ना अत्यावश्यक सेवाहरु अनलाइन माध्यमबाटै दिने भएको छ।

कोरोना संक्रमणको जोखिम बढेको र सरकारले समेत ५० प्रतिशत जनशक्तिबाट सेवा प्रदान गर्न आदेश दिएसँगै विभागले अत्यावश्यक सेवाहरु अनलाइन माध्यमबाट दिने भएको हो।

विभागले सूचना जारी गर्दै अत्यावश्यक र अनलाइनमार्फत दिने बाहेकका बढि जनसम्पर्क हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।

विभागको सूचनाअनुसार नीति महशुल तथा वर्गिकरणको काम लिनका लागि इमेलबाटै आवेदन गर्न सकिनेछ। कुटनीतिक तथा महशुल छुट सम्बन्धि सेवा लिनका लागि तोकिएको इमेलमा आवेदन पठाउनुपर्ने छ। त्यसको जवाफ विभागले इमेलबाटै दिने छ।

वर्गिकरण पुनरावलोकन र मूल्यांकन पुनरावलोकनको काम समेत ईमेलमाध्यमबाट नै हुनेछ भने त्यसरी प्राप्त हुने ईमेललाई समयमा नै प्राप्त भएअनुसार मानिने विभागको भनाई छ ।

एक्जिम कोड जारी गर्ने तथा नविकरणका लागि पनि अनलाइनबाटै सेवा पाइने विभागले जानकारी दिएको छ। तर एक्जिम कोड खारेजी र बैंक ग्यारेन्टी लगायतका कार्य भने अनलाइनबाट नहुने र त्यस्ता कार्य हाल स्थगन गरिएको जनाएको छ ।

हेर्नुस् सूचना-

Intrruption of Services

यो पनि पढ्नुस्-

भन्सार विभागद्धारा अनलाइनमार्फत एक्जिम कोड बितरण गर्न शुरु

easy care

प्रकाशित: ३२ श्रावण २०७७, आईतवार