पचास हजार विद्यार्थीलाई अन्तर्राष्ट्रिय कम्प्युटर कोर्सको नि:शुल्क प्रशिक्षण दिँदै डिजी स्कूल

Technology Khabar ३२ श्रावण २०७७, आईतवार

पचास हजार विद्यार्थीलाई अन्तर्राष्ट्रिय कम्प्युटर कोर्सको नि:शुल्क प्रशिक्षण दिँदै डिजी स्कूल
Global IME Bank

काठमाडौं ।

शैक्षिक गतिविधि ठप्प प्राय रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युटर कोर्स अध्यापन गराउने डिजी स्कूलले पचास हजार विद्यार्थीलाई अनलाइनबाटै कम्प्युटर शिक्षा दिने अभियान ल्याएको छ।

बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कूल नाम दिइएको हो।

लामो समय देखि आइटी र ब्यवस्थापनमा अध्ययन गराउँदै आएका सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्स र सनवे कलेजको सहकार्यमा डिजी स्कूल नेपालमा संचालित छ।

हालसम्म नेपालका करिब पचास बढि स्कूलहरू डिजी स्कुलको कम्प्युटर पाठ्यक्रम बाट लाभान्वित भएका छन। डिजि स्कूलको सहयोगमा ती स्कूलले डिजी स्कूलको पाठ्यक्रम अनलाइन कक्षा मार्फत पढाउँदै आएका छन् ।

डिजी स्कूलले निशुल्क शिक्षा व्यवस्थापन प्रणालीसँगै विद्यालयहरुलाई अनलाइन कक्षा, अनलाइन परीक्षा, अनलाइन प्रगति, अनलाइन नतिजा, क्विज र प्रमाणपत्रसहित बिद्यालय ब्यवस्थापन सफ्टवेयर पनि प्रदान गर्दछ ।

कोभिड–१९ को महामारीको अवस्थामा डिजि स्कुलले कम्प्युटर कोर्षको भिडियो कक्षा, अनलाइन असाइनमेन्ट, अध्ययन सामग्री र परिक्षाको ब्यवस्थापन सबै अनलाइनबाटै गरेको छ। विद्यार्थीहरुले प्रत्येक पाठ्यक्रम पुरा गरे बापत प्रमाणपत्र प्राप्त गर्नेछन्।

डिजी स्कूलका संस्थापक एवम् सिइओ बिज्ञान श्रेष्ठ भन्छन- ‘यो समय प्रविधिको हो । कम्प्युटर सीप आधारभुत बनाउनुपर्दछ, अर्थात् स्कूलको स्तरबाटै । आजका बच्चाहरूले कम उमेरमै कोडिङ, ग्राफिक्स, भिडियो सम्पादन सिकिरहेका छन् । नेपालका स्कूलका विद्यार्थीहरू पनि त्यस्तो अवसरबाट वञ्चित हुनुहुँदैन ।’

डिजी स्कूलको अवधारणा भनेको प्रविधिको प्रयोग गरी स्कूल स्तरमा कम्प्युटर शिक्षा र डिजिटल नेपालको सपना साकार पार्नु रहेको श्रेष्ठले बताए।

यद्यपि प्राय जसो विद्यालयहरू चुनौती र कठिनाइहरूको सामना गर्दै पाठ्यक्रम वितरण गर्न शिक्षकहरू समेत खोजिरहेका छन् । कोभिड–१९ को महामारीले देशभरका सबै विद्यालय बन्द छन् । केही विद्यालयहरूसँग पर्याप्त कम्प्युटर प्रयोगशाला र शिक्षकहरू समेत छैनन् । त्यसैले प्रविधिको सदुपयोग गरि वेबसाइटमा लग इन गरेर डिजी स्कूलको पाठ्यक्रम अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन्।

विद्यार्थीले विद्यालय तहमै वेबसाईट र मोबाइल एप बनाउन सक्षम हुने श्रेष्ठले बताए। सिपमुखी पढाइ भएकाले आइटी अध्यन गर्नेहरु स्वरोजगार बन्ने र ईन्टरनेटले पुरै बिश्व एउटा गाउँ बनाएको समयमा घरबाटै देश बिदेशको विभिन्न काम गर्न सक्ने श्रेष्ठको भनाइ छ।

अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, युके, दुबई, मलेसिया लगायत देशमा बसोबास गरिरहेका अभिभावकहरूले पनि डिजी स्कुलको पाठ्यक्रममा भर्ना हुन सक्छन् र उनीहरूलाई पाउनु पर्ने उत्तम आईटी शिक्षा दिन सक्ने डिजी स्कूलका सह–संस्थापक घनश्याम घिमिरले बताए।

डिजी स्कूलमार्फत कम्प्युटर कोर्स गर्न चाहने विद्यालय एवम विद्यार्थीले डिजी स्कूलको वेबसाईट (digischoolglobal.com/register) मा गएर आफ्नो जानकारी सहित दर्ता गर्न सक्ने डिजी स्कूलले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

तपाइको प्रतिक्रिया