ई-कमर्श जायन्ट अमेजन भारतमा अनलाइन औषधी बेच्दै, औषधी बिक्रेताहरुको चर्को विरोध

Technology Khabar ३२ श्रावण २०७७, आईतवार

ई-कमर्श जायन्ट अमेजन भारतमा अनलाइन औषधी बेच्दै, औषधी बिक्रेताहरुको चर्को विरोध
Global IME Bank

काठमाडौं ।

अमेरिकी अनलाइन रिटेल जायन्ट अमेजन भारतमा औषधीको अनलाइन बिक्री बजारमा प्रवेश गरेको छ।

अमेजनले भारतको बेंगलुरूबाट आफ्नो अनलाइन फार्मेसी सेवा सुरु गरेको हो। बिस्तारै अन्य शहरहरुमा पनि यो बिस्तार हुँदै जाने अमेजनले जनाएको छ।

कोरोना भाइरसको महामारी चलिरहेको हालको समयमा अनलाइन औषधी ब्यापारले राम्रो बजार पाएकोले अमेजनले पनि यसको फाइदा उठाउँदै व्यवसायमा हात हालेको हो।

हालै भारत सरकारले आफूलाई अनुमति दिएको कम्पनीले जनाएको छ ।

अमेजन फार्मेसीले आधारभूत स्वास्थ्य उपकरणहरु, प्रेस्क्रिप्सन, काउन्टर सर्भिस र परम्परागत आयुर्वेदिक उपचारको समेत सेवा दिने जनाएको छ।

अमेजनले भारतमा अनलाइन फार्मेसी सेवा शुरु गर्ने बताएसँगै भारतमा तिब्र विरोध शुरु भएको छ । भारतका औषधी बिक्रेताहरुको संगठनले अमेजनका सिईओ जेफ बेजोसलाई विरोध पत्र पठाएका छन् ।

अल इंडिया अर्गनाइजेशन अफ केमिस्ट्स एन्ड ड्रगिस्टसका प्रेसिडेन्ट जेएस शिंदले यो गैर कानूनी भएको बताएका छन् । उनले औषधी बेच्न राज्य सरकारको समेत अनुमति चाहिने बताए ।

अमेजनले फर्मास्यूटिकल रिटेल सेवा सन् २०१७ मा सुरु गरेको हो। कम्पनीले पिलप्याक नामक मेडिसिन स्टार्टअपलाई किन्दै अमेरिकाबाट फैलिएर बेलायत, अष्ट्रेलिया र क्यानडामा पनि अमेजन फार्मेसीको नाममा सेवा बिस्तार गरिसकेको छ।

सन् २०२० को सुरुवातमै अमेजनका सिइओ जेफ बेजोसले भारतलाई प्रमुख लगानीको बजार बनाउने बताएका थिए। एक कार्यक्रममा उनले २१ औं शताब्दी अब भारतीय बजारको शताब्दी हुने धारणा राखेका थिए।

गत मे महिनामा अमेजनले भारतको बेंगलुरुबाटै खाद्यान्न डेलिभरी बिजनेस सुरु गरेको थियो। एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

तपाइको प्रतिक्रिया