Technology Khabar ३१ श्रावण २०७७, शनिबार
काठमाडौं ।
शाओमीले आफ्नो पहिलो गेमिङ्ग नोटबुक रेडमी ब्राण्डमा सार्वजनिक गरेको छ । कम्पनीले रेडमी जी नाममा ल्याएको सो नोटबुकको मूल्य ४,९९९ यूआनबाट शुरु हुन्छ ।
रेडमीको पहिलो गेमिङ्ग नोटबुक नयाँ साइबरपंक डिजाइनमा रहेको छ जसमा गेमिङ्ग किबोर्ड रहेको छ । ल्यापटपमा १६.१ इन्चको १०० एआरजीबी फूल स्क्रीन रहेको छ भने यसको रिफ्रेश रेट १४४ हर्ज छ।
रेडमी जीमा दशौं पुस्ताको इन्टेल कोर प्रोसेसर छ भने जीटीएक्स १६५० सिरिजको ग्राफिक्स कार्ड रहेको छ जसले अधिक ग्राफिक्स भएको ठूला गेमहरु खेल्न सकिन्छ।
शाओमी रेडमी जी गेमिङ्ग ल्यापटपमा ४जीबीको डिडिआर६ भिडियो मेमोरी राखिएको छ जसले तिब्रगतिमा ग्राफिक्स रेण्डर गर्न सक्दछ भने भिडियो एडिटिङ्ग, ग्राफिक डिजाइन र कोड प्रोग्रामिङ्गको लागि समेत उपयोगी हुनेछ ।
यसमा ५१२ जीबीको हार्ड ड्राइभ छ भने ल्यापटपमा १६जीबीको डिडिआर४ र्याम राखिएको छ ।
यसमा ड्यूल एम.२ एसएसडी स्टोरेज इन्टरफेस छ जसले गर्दा २ टेराबाइटसम्मको हार्ड डिस्क बढाउन सकिन्छ । त्यसैगरि मेमोरीलाई समेत ६४जीबीसम्म बढाउन सकिन्छ ।
गेमिङ्ग नोटबुकमा फूल स्पीड मोड, ब्यालेन्ड मोड र क्वाइट मोड रहेको छ । यसमा तातोपनालाई क मगर्न हुरिकेन हिट डिसिप्यासन २.० सिस्टम प्रयोग गरिरहेको छ ।
यसले वाईफाई ६ सपोर्ट गर्दछ भने यसमा २ह२ मिमो ड्यूल एन्टेना डब्लूल्यान टेक्नोलोजी प्रयोग गरिएको छ । यसका साथै रेडमी जी मा यूएसबी टाइप सी, यूएसबी ३.१, यूएसबी २.०, एचडिएमआई २.०, ३.५ एमएम हेडफोन ज्याक राखिएको छ ।
शाओमीको रेडमी जी गेमिङ्ग नोटबुक शुक्रबारदेखि नै बजारमा बिक्री शुरु भएको छ तर आधिकारीकरुपमा भने अगस्ट १७ देखि उपलब्ध हुनेछ ।
यो रेडमी जी गेमिङ्ग नोटबुक चीन भन्दा बाहिरको बजारमा कहिले आउँछ भन्ने जानकारी छैन् । एजेन्सीका साथ
प्रकाशित: ३१ श्रावण २०७७, शनिबार