इन्स्टाग्राममा भएको कमजोरी पत्ता लगाएका नेपाली युवाले पाए ७ लाख रुपैयाँ पुरस्कार

Technology Khabar ३१ श्रावण २०७७, शनिबार

इन्स्टाग्राममा भएको कमजोरी पत्ता लगाएका नेपाली युवाले पाए ७ लाख रुपैयाँ पुरस्कार
Classic Tech

एक नेपाली युवाले हालै इन्स्टाग्राममा रहेको कमजोरी पत्ता लगाएर ६ हजार अमेरिकी डलर हात पारेका छन् । नेपाली युवा सौगात पोखरेलले इन्स्टाग्राममा रहेको कमजारी बग बाउन्टी कार्यक्रममार्फत पत्ता लगाएर ६ हजार डलर कम्पनीबाट पुसस्कारको रुपमा हात पारेका हुन् ।

उनले इन्स्टाग्राममा प्रयोगकर्ताले डिलिट गरेको फोटो र डाइरेक्ट म्यासेज कम्पनीको सर्भरमा नै रहने गरेको अनुसन्धानमा पत्ता लगाएका थिए ।

टेक क्रन्चको रिपोर्टअनुसार सन् २०१८ मा लागू गरिएको नयाँ यूरोपेली डाटा नियमअनुसार इन्स्टाग्रामले प्रयोगकर्तालाई आफ्नो डाटा डाउनलोड गर्न दिने नीति लिएको छ । सो सुबिधाअनुसार पोखरेलले पनि आफ्नो डाटा डाउनलोड गरेका थिए । डाउनलोड भएको डाटामा उनले एक वर्ष अघि नै डिलिट गरेको फोटो र डाइरेक्ट म्यासेज समेत रहेको थियो ।

इन्स्टाग्रामले त्यस्तो डाटा ९० दिनमा आफ्नो सिस्टमबाट हट्न समय लाग्ने बताएको थियो ।

तर पोखरेलले उनको १ वर्ष भन्दा पहिले नै डिलिट गरिएको डाटा समेत इन्स्टाग्रामको सर्भरमा स्टोर भएको पत्ता लगाएका थिए । जून कम्पनीको डाटा डाउनलोड टूल प्रयोग गरेर डाउनलोड गर्न सकिएको थियो ।

लामो समयअघि नै मैले डिलिट गरेको डाटा इन्स्टाग्रामले डिलिट गरेको थिएन् । उनले टेकक्रन्चलाई भनेका छन् ।

पोखरेलले सन् २०१९ मा सो बगको बारेमा इन्स्टाग्रामको बग बाउन्टी कार्यक्रममार्फत रिपोर्ट गरेका थिए । ‘सो बग यहि महिनाको शुरुवातमा समाधान भएको छ,’ उनले भने ।

कम्पनीका प्रवक्ताले अनुसन्धानकर्ताले सो विषयमा रिपोर्ट गरेको जानकारी दिए ।

‘जतिबेला कसैले इन्स्टाग्राम इमेजहरु र म्यासेजहरु डिलिट गर्दछ, उनीहरुले सो डाउनलोड गर्दा उनीहरुको जानकारीको कपीमा समावेश हुने गरेको छ । हामीले यो विषयलाई ठिक गरेका छौं र दूरुपयोगको कुनै प्रमाण छैन्,’ प्रवक्ताले भनेका छन् ।

पोखरेललाई सो बग समाधान गर्न सहयोग गरेकोमा इन्स्टाग्रामले ६ हजार अमेरिकी डलर अर्थात करिब ७ लाख २० हजार रुपैयाँ प्रदान गरेको छ ।

स्याङ्गजा घर भएका पोखरेल हाल अमृत साइन्स क्याम्पसमा भौतिक शास्त्र विषयमा स्नातक तहमा अध्ययनरत छन र हाल उनी काठमाडौंमा बस्ने नेपालीट्रेण्डसले उल्लेख गरेको छ ।

प्रकाशित: ३१ श्रावण २०७७, शनिबार

Comments are closed.

Loading...