बजारमा आउने फाइभ जी उपकरणहरुको संख्या एकै महिनामा २० प्रतिशतले वृद्धि

Technology Khabar ३१ श्रावण २०७७, शनिबार

बजारमा आउने फाइभ जी उपकरणहरुको संख्या एकै महिनामा २० प्रतिशतले वृद्धि
Classic Tech

ग्लोबल मोबाइल आपूर्तिकर्ता संघ (जीएसए) को पछिल्लो अपडेटका अनुसार बजारमा व्यावसायिक रूपमा उपलब्ध ५जी उपकरणको संख्या एकै महिनामा २० प्रतिशतले वृद्धि हुन पुगेको छ।

‘जुलाईको अन्त्यमा, बिक्रीका लागि यी उपकरणहरू १६२ वटा थिए र यसअघि जूनको अन्त्यमा यस्तो डिभाइस १३५ वटा थियो,’ जीएसएले यसको अगस्टमा सदस्यहरूलाई उपलब्ध गराएको रिपोर्टमा उल्लेख छ ।

यसमा घोषणाा गरिएका क्षेत्रीय भेरियन्ट र अपग्रेड विकल्पहरू सहित ५जी उपकरणहरू छन् । जसमा ९१ भन्दा बढी फरक विक्रेताहरूले घोषणा गरेका छन् र जुलाईको अन्त्यमा ३६४ वटा पुगेको छ । यो तथ्यांक जनवरीमा घोषित २०० वटा भन्दा ८२ प्रतिशत बढेको जीएसएले जनाएको छ।

जुलाई अन्त्यमा घोषणा गरिएका उपकरणहरूमध्ये ११३ वटा फोनहरू थिए जुन एक महिना अघिको तुलनामा २७ प्रतिशतले बढी हो । यी घोषणा गरिएका ५जी फोनहरुमध्ये कम्तिमा ११३ व्यवसायिक रूपमा उपलब्ध छन्

यी मध्ये तीन फोन एक एडेप्टर प्रयोग गरी ५जी अफर गर्न अपग्रेड गरिएको थियो।

रेकर्ड गरिएका उपकरणहरू १८ विभिन्न फरक किसिमअन्तरगत छन् । यसमा फोन, हेडमाउन्टेड डिस्प्ले, हटस्पट्स, इनडोर सीपीई, आउटडोर सीपीई, ल्यापटप, मोड्युल, स्न्याप अन डंगल र एडेप्टर, औद्योगिक ग्रेड सीपीई र राउटर र गेटवे र मोडेम, ड्रोन, रोबोट, ट्याब्लेटहरू, टिभीहरू, क्यामेराहरू, यूएसबी मोडेमहरू, एक स्विच, एक भेहिकल ओबीयू र भेन्डिङ्ग मेशीन पर्दछन्।

सीपीई उपकरणहरूले कूल ९४ वटा बनाएका थिए, एन्टरप्राइज ग्रेड सीपीई र राउटरहरू र गेटवे सहित थिए । यसमा ५५ वटा ५जी मोड्युल, २३हटस्पट, ५ ल्यापटप र २५ अन्य उपकरणहरू थिए।

स्पेक्ट्रम समर्थनका सवालमा, जीएसएले ८१ प्रतिशत घोषित ५जी उपकरणहरू बारे डाटा प्राप्त गर्दछ । यी मध्ये ७५.५ प्रतिशतले सब ६जी स्पेक्ट्रम ब्यान्ड र २२.३ प्रतिशतले माइक्रोवेभ सपोर्ट गर्दछन भने १६.८ प्रतिशत डिभाइसले दुबै स्पेक्ट्रम समर्थन गर्दछन्।

व्यवसायिकरुपमा उपलब्ध उपकरणहरू मध्ये सबैले एन७८, एन४१, एन७९, एन७७, एन१ र एन३ ब्याण्ड सपोर्ट गर्दछन् ।

जीएसएले व्यावसायिक रूपमा उपलब्ध उपकरणहरूले सेप्टेम्बर २०२० को अन्त्यसम्ममा २०० वटासम्म पुग्न सक्ने अपेक्षा गरेको छ तर कोभिड १९ को संकटले यस प्रक्षेपण अनुमानलाई असर गर्न सक्ने चेतावनी दिएको छ। एजेन्सीका साथ

प्रकाशित: ३१ श्रावण २०७७, शनिबार

Comments are closed.

Loading...