उच्च गतिको इन्टरनेट सेवा दिन डाटा सेन्टर बिस्तार गर्दै क्लासिक टेक

Technology Khabar ३० श्रावण २०७७, शुक्रबार

उच्च गतिको इन्टरनेट सेवा दिन डाटा सेन्टर बिस्तार गर्दै क्लासिक टेक
Global IME Bank

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डाटा सेन्टर विस्तार गरेको छ ।

कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

यसअघि काठमाडौंको बानेश्वरमा मात्र सीमित रहेकोमा कम्पनीले पहिलो पटक डाटा सेन्टर उपत्यका बाहिर विस्तार गरिएको हो ।

अबको निकट भविष्यमै बुटवलमा समेत डाटा सेन्टर स्थापना गर्ने गरी आवश्यक तयारी भइरहेको कम्पनीले जनाएको छ ।

इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन कम्पनी डाटा सेन्टर विस्तारमा जुटेको बताइएको छ ।

कम्पनीका अनुसार बिराटनगरमा स्थापना गरिएको डाटा सेन्टरमार्फत पूर्वी क्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन् ।

उक्त स्थानमा सञ्चालनमा आएको डाटा सेन्टरमा फेसबुक, यूट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स र अकामाईको क्यास सर्भर राखिएको छ ।

उक्त डाटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदान गर्न एक सय जीबीपीए प्रतिसेकेण्डको ब्याकबोन नेटवर्क जडान गरिएको छ । कम्पनीले हाल बिराटनगर, विरगञ्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याईरहेको छ ।

कम्पनीकाअनुसार बिराटनगरको डाटा सेन्टरमार्फत् प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिने छ । ग्राहकको मागअनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डाटा सेन्टरमा ‘पेयरिङ’ गरिएको छ ।

जसले गर्दा इन्टरनेट सस्तो, गुणस्तरीय र उच्च गतिको हुने कम्पनीको दाबी छ । उक्त डाटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चौबिसै घण्टा कार्यरत रहेका छन् । साथै, विद्युतको नियमित आपूर्तिका लागि ब्याकअप सिस्टमसमेत राखिएको कम्पनीले जनाएको छ।

Sajilo Visa

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया