एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाइ सिम प्लस’, झन्झटरहित वाइफाइ सेवा

Technology Khabar २९ श्रावण २०७७, बिहीबार

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाइ सिम प्लस’, झन्झटरहित वाइफाइ सेवा
Global IME Bank

काठमाडौं ।

आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ सेवा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ ।

अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डाटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड हो । वाइफाइ सेवाका लागि बन्डल डाटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउँछन् जसमा प्रत्येक महिना डाटा, अन नेट टक टाइम र डिजिटल कन्टेन्टहरु बन्डल सेवाका रुपमा पाइन्छ ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई संबोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।

ग्राहकले यस योजना अन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखि डाटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन् ।

ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखे पछि सबै भन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुने बताईएको छ।

‘सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवा सहित सुलभ र झन्झट रहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,’ एनसेल आजियाटाका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरै भन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं ।’

यो सेवाको शुल्क वार्षिक शुल्क योजना अन्तर्गत कर बाहेक मासिक रु ४३० रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाइ सिम प्लस सेवामा वायरलेस डाटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डाटा पाउँछन् ।

यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डाटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाउँछन् ।

हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको छ । यस अघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरै डाटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राखी ४० भन्दा बढि जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाइफाइ सेवा संचालनमा ल्याएको थियो । यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डाटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाहरु सहितको बन्डल सेवा पाउँछन् ।

अल्ट्रा वाइफाइ सिम प्लस सेवा अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस र सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जाने कम्पनीले जानकारी दिएको छ।

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर गई आवश्यक प्रक्रिया पुर्याई सजिलैसँग यो सिम लिन सक्छन् । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया