नेपालमा आधारित स्टार्टअप डकसुमोले २ लाख २० हजार अमेरिकी डलर लगानी उठायो

Technology Khabar २९ श्रावण २०७७, बिहीबार

नेपालमा आधारित स्टार्टअप डकसुमोले २ लाख २० हजार अमेरिकी डलर लगानी उठायो
Global IME Bank

काठमाडौं ।

डकसुमो नामक स्टार्टअप कम्पनीले फिनटेक कम्पनीमा लगानी गर्ने बेटर क्यापिटल नामक भेन्चर भेन्चर फर्मबाट लगानी उठाएको छ।

सो फर्मका साथै टेकस्टार्स र बार्क्लेजबाट समेत गरेर डकसुमो (DocSumo) स्टार्टअप कम्पनीले कुल २ लाख २० हजार अमेरिकी डलर रकम उठाउन सफल भएको छ ।

स्टार्टअप कम्पनीले बैंक स्टेटमेन्ट र आइडी कार्डलगायतका कागजातहरूलाई वित्तीय संस्थाका डाटाको रूपमा रूपान्तरण गर्ने सेवा प्रदान गर्छ ।

नेपाली युवाको सहभागितामा स्थापना गरेको र मुम्बईमा हेडक्वाटर रहेको डकसुमोलाई रुषभ सेठ र बिक्रम दाहाल मिलेर सन् २०१९ मा स्थापना गरेका थिए । यस स्टार्टअप कम्पनीको इन्जिनियरिङ टोली भने नेपालमा छ ।

आफूले पहिले काम गर्ने फर्मको वित्तीय प्रमुखले बैंकका स्टेटमेन्ट र इनभ्वाइस मिलाउनमा धेरै दिन खर्चेको देखेका रुषभ र बिक्रमले डाटा विज्ञान तथा सफ्टवेयर इन्जिनियरिङमा रहेको आफ्नो दक्षता प्रयोग गरेर डकसुमो निर्माण गरेका हुन् ।

डकुमेन्ट एआई बजारको विश्वव्यापी मूल्य १.५ अर्ब डलर रहेको अनुमान गरिएको छ र कम्प्युटर भिजनमा भएको हालैका विकासले गर्दा यो ७० प्रतिशतको दरले वार्षिक रूपमा वृद्धि भइरहेको छ ।

डकसुमोको मुख्य प्रविधिको प्लेटफर्मले बैंक स्टेटमेन्ट, पे स्टब, करसम्बन्धी डेटा र व्यवसायसम्बन्धी वित्तीय कागजातहरू जस्ता वित्तीय डेटाको वित्तीय अटोमेसन र विश्लेषण गर्नमा मद्दत गर्छ । यसले कम्पनी र फर्महरूलाई नमिलेका कागजातहरू मिलेका डेटामा रूपान्तरण गर्न मद्दत गर्छ ।

विभिन्नखाले विश्लेषणका प्रविधि र डेटा विज्ञान प्रयोग गरेर डकसुमोले आफ्ना ग्राहकलाई लाग्ने समय कम गर्न र अन्डरराइटिङ प्रकृयाको सटीकता तथा प्रभावकारीता बढाउन मद्दत गर्छ ।

डकसुमोको मुख्य प्रविधिको प्लेटफर्मले बैंक स्टेटमेन्ट, पे स्टब, करसम्बन्धी डाटा र व्यवसायसम्बन्धी वित्तीय कागजातहरू जस्ता वित्तीय डाटाको वित्तीय अटोमेसन र विश्लेषण गर्नमा मद्दत गर्न सहयोग पुर्याउँछ।

 

‘डकसुमोले कागजातहरू पढ्ने कार्यलाई स्वचालित बनाइदिने हुँदा कम्पनीहरूले छिटो र सटीक निर्णय गर्न सक्छन्। हाम्रो योजना एउटा नयाँ खालको एआई सलुसन निर्माण गर्ने रहेको छ जसले मानिसले जस्तै गरी कागजातहरू पढ्न सकोस् र ती कागजातमा रहेका डाटालाई काम ल्याउन सकोस,’ डकसुमोको संस्थापक तथा सिईओ रुषभ सेठले भने ।

डकसुमोले यो लगानी आफ्नो उत्पादन, मार्केटिङ तथा सेल्स इन्जिन मजबुत बनाउन र अमेरिका जस्ता नयाँ बजारमा प्रवेश गर्नमा प्रयोग गर्ने छ । यसका साथै, कम्पनीले ब्एक्ष् उत्पादनहरूको एउटा सुइट निर्माण गर्ने योजना बनाएको छ जसले गर्दा ऋणदाता तथा बीमा कम्पनीलाई आफ्ना कार्यहरू स्वचालित रूपमा गर्न मद्दत गर्ने छ र उनीहरू ग्राहकहरूलाई अझै राम्रो अनुभव प्रदान गर्न सक्नेछन् ।

‘कागजातहरू उद्योगभरका साना तथा ठूला संस्थामा रहेका हजारौं कार्यप्रवाहको सुरुवाती विन्दु हुन् । डकसुमोले कागजातमा भएका डाटा तथा सन्दर्भ निकालेर आजसम्म कहिल्यै नभएको कागजातको अटोमेसन गर्नका लागि कम्प्युटर भिजन तथा प्राकृतिक भाषा प्रक्रिया गर्ने प्रणालीमा नयाँ कुराहरू निर्माण गरिरहेको छ । हामी डकसुमोको यात्राको एउटा हिस्सा बन्न पाएकोमा उत्साहित छौं किनभने यसले विशाल तथा वृद्धि भइरहेको कागजातको एआईको अवसर प्रयोग गर्छ,’ बेटर क्यापिटलका वैभव दोमकुन्द्वरले भने।

समय र पैसा बचत गर्नुका अलावा आइडी कार्ड, बैंक स्टेटमेन्ट र कर फिर्ती पढ्नका लागि डकसुमोसँग धेरै खालका एपिआई उत्पादनहरू छन् ।

स्टार्टअप कम्पनीले भर्खरै जम्मा भएको यो कोष अमेरिकामा बिक्री च्यानल निर्माण गर्न प्रयोग गर्ने छ र नयाँ सुविधाहरू विकास गर्नका लागि आफ्नो उत्पादन सुधार गर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया