रिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता

Technology Khabar २९ श्रावण २०७७, बिहीबार

रिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता

काठमाडौं ।

रिलायन्स् फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ।

सम्झौतामा रिलायन्स् फाइनान्स्का सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सिइओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको थियो ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने ‘ रिलायन्स फाइनान्स्सँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ’ ।

सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो ।

रिलायन्स् फाइनान्स् लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्रबैंकबाट अनु्मति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४ औँ फाइनान्स् कम्पनीका रूपमा सुरू भएको थियो ।

विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबाईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुने बताईएको छ।

Global Bank
easy care

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार

ताजा समाचार