ह्वावे २०२० फोरचुन ग्लोबल ५०० र्याकिङ्गमा ४९औं स्थानमा, लगातार शीर्ष ५० भित्र पर्ने ट्रयाक रेकर्ड

Technology Khabar २९ श्रावण २०७७, बिहीबार

ह्वावे २०२० फोरचुन ग्लोबल ५०० र्याकिङ्गमा ४९औं स्थानमा, लगातार शीर्ष ५० भित्र पर्ने ट्रयाक रेकर्ड

काठमाडौं ।

टेक कम्पनी ह्वावेले २०२० को फोरचुन ग्लोबल ५०० सूचीमा ४९ औं स्थान हासिल गरेको छ । इतिहासमा पहिलो पटक टेलिकम्युनिकेसन जायन्टले शीर्ष ५० भित्र स्थान प्राप्त गरेर लगातार ट्रयाक रेकर्ड जारी राखेको छ ।

‘२०१९ मा ह्वावेको कुल नाफा ५.६५ प्रतिशतले बढेको र कम्पनीको लगातार भूराजनीतिक समस्याको बाबजुद पनि २०२० को पहिला छ महिनामा राजस्व १३.१ ५ को दरले बढेको छ,’ फोरचुन रिपोर्टले बतायो ।

फोरचुन ५०० सूची कम्पनीहरूको राजस्व र नाफामा आधारित छ, जुन कम्पनीहरूको तुलनात्मक आकारमा केन्द्रित रहेर बन्दछ । फोरचुन ५०० र्याकिङ्ग प्रख्यात कम्पनीहरूले प्रयोग गर्ने एक महत्वपूर्ण सूचक बन्न पुगेको छ जुन उनीहरुले आफ्नै बल, आकार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मापन गर्न प्रयोग गर्दछन्, यो यस्तो विश्वव्यापी अर्थतन्त्रको एक मापदण्ड हो जसले सीमा, राष्ट्रियता र सांस्कृतिक मतभेदहरू पार गर्दछ।

यस वर्षको सुरूवातमा ह्वावेले २०२० को बोस्टन कन्सल्टिङ्ग ग्रुपको ५० सबैभन्दा इनोभेटिभ कम्पनीहरूको सूचीमा छैटौं स्थान ओगटी गत वर्षको तुलनामा ४२ स्थान माथि सरेको होे जुन २०१२ मा पहिलो पटक सूचीमा परेदेखि टेक जायन्टका लागि सब भन्दा उच्च श्रेणीको हो।

कोभिड–१९ बिरूद्ध विश्वव्यापी लडाईमा ह्वावेले आफ्नो इनोभेसन प्रयास दोब्बर गर्यो र महामारीको बिरूद्ध लड्न सहयोग गर्न एन्टि–कोभिड–१९ पार्टनर कार्यक्रम शुरू गर्यो जुन एआई, रिमोट अफिस, स्मार्ट हेल्थकेयर र अनलाइन शिक्षामा केन्द्रित रहेको जानकारी दिएको छ।

‘जटिल बाह्य वातावरणले ग्लोबल भ्यालु चेनमा खुला सहयोग र विश्वासलाई बढि महत्वपूर्ण बनाउँदछ । ह्वावेले ग्राहक र आपूर्तिकर्ताहरुप्रति आफ्नो दायित्वलाई निरन्तरता दिने र विश्वव्यापी डिजिटल अर्थव्यवस्था र प्राविधिक विकासमा रहिरने, अगाडि बढ्ने र योगदान पुर्याउने बाचा गरेको छ,’ जुलाईमा २०२० एच१ व्यापार परिणाम घोषणाको दौरान ह्वावेले भन्यो ।

easy care

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार