कम्पनी रजिष्ट्रारको कार्यालयको सेवा अब अनलाइन माध्यमबाट पाईने

Technology Khabar २९ श्रावण २०७७, बिहीबार

कम्पनी रजिष्ट्रारको कार्यालयको सेवा अब अनलाइन माध्यमबाट पाईने

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण बढेसँगै कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ देखि अनलाइन माध्यमबाट सेवा दिने भएको छ।

कम्पनी रजिष्ट्रार कार्यालयले आफ्ना सबै सेवाहरु अनलाइन माध्यमबाट प्रवाह गर्ने निर्णय गरेको छ।

कार्यालयले नयाँ कम्पनी दर्ता, कम्पनीहरुको नविकरण लगायतका काम गर्दछ।

नयाँ कम्पनी दर्ताको लागि पेश गर्नुपर्ने कागतपत्रहरुको हकमा कम्पनीले अनलाईनमार्फत पेश गरेका कागजातलाई आधिकारिक मानेर सोहीअनुसार निर्णय गरिने जानकारी दिएको छ।

यसरी कम्पनी दर्ता गर्दा कम्पनीको प्रस्तावित प्रबन्धपत्र र नियमावलीको २ प्रति भए पुग्नेछ भने हाल अन्य कागजी आवश्यक पर्ने छैन्।

यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल खडा नगरिने र अर्को पटक कार्यालयमा कम्पनीको सम्बन्धमा काम गर्नु पर्दा अनलाईनबाट पेश गरेका विवरण र विधुतीय अभिलेखलाई वैधता दिने भएको छ।

नयाँ र पुराना कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरिक्षण प्रतिवेदन लगायतका सबै विवरणहरु अनलाईन मार्फत् नै बुझाउन सक्नेछन्।

शेयर लगत अभिलेख दर्ता गर्दा अनलाईन मार्फत् कम्पनीले पेश गर्न पाईने व्यवस्था गरिनेछ। यसरी पेस गर्दा स्क्यान कपी बनाउनुपर्ने छ।

यसरी अनलाइनबाट बुझाएका विवरण र वास्तविक विवरण फरक पर्न गएमा सच्याउनुपर्दा सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था गरिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार

ताजा समाचार