नेपाली ब्राण्ड एक्युरेटको एटि०१ टिडब्लुएस वायरलेस इयरफोन बजारमा

Technology Khabar २९ श्रावण २०७७, बिहीबार

नेपाली ब्राण्ड एक्युरेटको एटि०१ टिडब्लुएस वायरलेस इयरफोन बजारमा

काठमाडौं ।

नेपाली ब्राण्ड एक्युरेटले टिडब्लुएस वायरलेस इयरफोनको दोस्रो मोडल बजारमा ल्याएको छ । कम्पनीले एटि०१ टिडब्लुएस वायरलेस इयरफोन बजारमा सार्वजनिक गरेको हो।

यो इयरफोनमा ह्वाइट प्लास्टिक बडिको बिचमा स्टील स्ट्राईपले मोडिएको छ।

यसको साउण्ड क्वालिटी उत्कृष्ट रहेको कम्पनीले बताएको छ। प्रयोगकर्ताले गीत, संगीत सुन्दा बाहिरी साउण्डले कुनै असर गर्न सक्दैन।

यसले एन्ड्रोय र आईओएस दुबै फोनहरुमा भ्वाइस असिस्ट्यान्ट सपोर्ट गर्ने कम्पनीको भनाई छ ।

यसमा ४ सय एमएएच ब्याट्री जडान गरिएको छ जसले गर्दा प्रयोगकर्ताले एकपटक चार्ज गरेपछि साढे ४ घण्टासम्म प्रयोग गर्न सक्छन्। दैनिकरुपमा भने यसले १२ घण्टाको ब्याकअप दिन्छ ।

यसलाई स्मार्टफोनमा एक पटक कनेक्ट गरे पुग्छ जसको लागि यसमा ब्लुटुथ भर्सन ५.० राखिएको छ । यसमा सिंगल र ड्यूल इयरबड फीचर रहेको छ भने मोनो र स्टेरियो साउण्ड सुन्न सकिनेछ ।

यो सेतो, गुलाबी र कालो रङमा उपलब्ध रहेको छ। यसको बजार मूल्य ३ हजार ४ सय ९९ तोकिएको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार

ताजा समाचार