टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

Technology Khabar २९ श्रावण २०७७, बिहीबार

टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको निर्देशन

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी पाउनुपर्ने फ्रिक्वेन्सी दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहितको पत्र पठाएको छ ।

मन्त्रालयले गत साता शुक्रबार बसेको रेडियो फ्रिक्वेन्सी समितिको बैठकले गरेको निर्णयको आधारमा टेलिकमलाई बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन निर्देशन दिएको हो ।

मन्त्रालयले सो बाँकी फ्रिक्वेन्सी दिनका लागि शर्त तोकेर प्राधिकरणलाई पत्र पठाएको छ । जसमा बाँकी फ्रिक्वेन्सी दिनका लागि नेपाल टेलिकमले यसअघि अक्सनमा तोकिएको मूल्यमा किन्नुपर्नेछ ।

अर्थात अब टेलिकमले ५ करोड ८० लाख रुपैयाँ मूल्यमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी किन्न पाउनेछ । तर सो मूल्यमा किन्न नचाहेमा भने फ्रिक्वेन्सी पाउने छैन् ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमलाई बाँकी फ्रिक्वेन्सी दिन निर्देशन पत्र आएको जानकारी दिए ।

‘मन्त्रालयले हामीलाई निर्देशनसहित बाँकी फ्रिक्वेन्सी दिन पत्र पठाएको छ । तर त्यसमा टेलिकमले ५ करोड ८० लाख रुपैयाँ तिर्नुपर्ने शर्त तोकिएको छ,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने ।

उनले सो पत्रसहितको प्रस्ताव बोर्डमा लाने र त्यहाँबाट पारित गरेपछि मात्र टेलिकमले फ्रिक्वेन्सी पाउने बताए ।

नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी, शर्त तोकियो

टेलिकमसँग हाल १८०० मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी छ भने सोहि फ्रिक्वेन्सीमा निरन्तर हुनेगरि बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी पाउनेछ ।
जसमा कम्पनीले बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सीको लागि ५ करोड ८० लाख रुपैयाँको दरले २९ करोड रुपैयाँ तिर्नुपर्नेछ।

यसअघि गएको पुसमा गरिएको फ्रिक्वेन्सी अक्सनमा एनसेल आजीयाटा लिमिटेड (तत्कालिन एनसेल प्रालि)ले ५ करोड ८० लाख रुपैयाँ कबोल गरेर अक्सन जितेको थियो भने ९ मेगाहर्ज फ्रिक्वेन्सी लगेको थियो ।

सो अक्सनमा टेलिकमले भने ५ करोड १ हजार रुपैयाँ मात्र कबोल गरेर एनसेलसँग हारेको थियो ।

अहिलेपनि टेलिकमले सोहि आफूले बोलेको मूल्यमा फ्रिक्वेन्सी पाउनुपर्ने दाबी गर्दै आएको थियो भने प्राधिकरणले अक्सन भएको फ्रिक्वेन्सी अक्सन बिजेतालाई मात्र दिन सकिने भन्दै आएको थियो ।

त्यसपछि नेपाल टेलिकम मन्त्रालयमा गएको थियो ।

अक्सन गुमाएको टेलिकमलाई सस्तो मूल्यमा १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी दिन माग

 

easy care

प्रकाशित: २९ श्रावण २०७७, बिहीबार