दूरसञ्चार ऐनको मस्यौदालाई अन्तिम रुप दिईँदै, १ महिनाभित्र मस्यौदा तयार पारिने

Technology Khabar २८ श्रावण २०७७, बुधबार

दूरसञ्चार ऐनको मस्यौदालाई अन्तिम रुप दिईँदै, १ महिनाभित्र मस्यौदा तयार पारिने
Classic Tech

सरकारले नयाँ दूरसञ्चार ऐनको मस्यौदालाई अन्तिमरुप दिने भएको छ । करिब १ वर्ष अघि नै तयार पारिएको मस्यौदामाथि विभिन्न छलफल र सुझाबहरु संकलन गरिएकोमा कोभिड-१९ महामारीपछि रोकिएको मस्यौदालाई अन्तिम तयारी गर्ने लक्ष्य राखिएको छ ।

हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको ‘सिनियर म्यानेजमेन्ट मिटिङ्ग’ले विभिन्न निर्णयहरु गर्दै दूरसञ्चार ऐनको मस्यौदालाई १ महिनाभित्र टुंगोमा पुर्याउने भएको हो ।

सो ऐनको मस्यौदालाई अन्तिमरुपमा दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिईएको छ ।

मन्त्रालयकी सह प्रवक्ता संगिता ओझाले यसअघि नै छलफलमा रहेको मस्यौदालाई अन्तिमरुप दिईने जानकारी दिईन् ।

‘यसअघि सरोकारबालाहरुसँग समेत छलफल भएको विद्येयकको रुपमा लाने तयारी भएको थियो तर सकिएको थिएन् । अब दूरसञ्चार ऐनको मस्यौदालाई अन्तिम रुप दिन खोजिएको हो ।,’ उनले भनिन् ।

सो ऐनले हालको अवस्थाअनुसार दूरसञ्चार ऐनलाई सुधार र परिमार्जन गरिने भएको छ । नयाँ ऐनले हालको दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्नेछ ।

प्रकाशित: २८ श्रावण २०७७, बुधबार

Comments are closed.

Loading...