शाओमीको नयाँ स्मार्टफोन रेडमी के ३० अल्ट्रा सार्वजनिक, यस्तो छ मूल्य र फीचरहरु

Technology Khabar २८ श्रावण २०७७, बुधबार

शाओमीको नयाँ स्मार्टफोन रेडमी के ३० अल्ट्रा सार्वजनिक, यस्तो छ मूल्य र फीचरहरु
Global IME Bank

काठमाडौं ।

शाओमीले आफ्नो १० वर्षको अवसरमा हालै चीनमा आयोजित एक इभेन्टमा विभिन्न १० उत्पादनहरु लन्च गरेको छ । कम्पनीले सो इभेन्टमार्फत रेडमी सिरिजको नयाँ फोन रेडमी के ३० अल्ट्रासमेत लन्च गर्यो ।

यो फोनमा मिडियाटेक डाइमेन्सिटी १००० प्लस ५जी प्रोसेसर, १२० हर्जको एमोलेड फुल स्क्रीन डिस्प्ले र ६४ मेगापिक्सेलको क्वाड रियर क्यामरा सेटअप रहेको छ ।

यो स्मार्टफोनमा १२० हर्जको ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ भने फ्रन्ट क्यामराका लागि पपअप क्यामरा मोडुल रहेको छ । फोनमा इन डिस्प्ले फ्रिंगरप्रिन्ट सेन्सर पनि रहेको छ ।

फोटोग्राफीको लागि रेडमी के ३० अल्ट्रा फोनमा क्वाड क्यामरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, १३ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामरा, ५ मेगापिक्सेलको टेलीफोटो क्यामरा र २ मेगापिक्सेलको डेप्थ क्यामरा राखिएको छ ।

फोनमा सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेकोछ ।

यो स्मार्टफोन एन्ड्रोयडमा १० मा आधारित एमआईयूआई १२ मा संचालन हुनेछ । फोनमा ८ जीबी र्याम र ५१२ जीबी सम्मको इन्टरनल स्टोरेज रहेको छ ।

रेडमी के ३० अल्ट्रामा मिडियाटेक डाइमेन्सिटी १००० प्लस ५जी प्रोसेसर राखिउको छ भने यसमा पावरको लागि ४,५०० एमएएचको ब्याट्री प्याक रहेको छ । फोनमा ३३ वाटको फास्ट चार्जिंग सपोर्ट पनि रहेको छ ।

रेडमी के ३० अल्ट्रालाई चार भेरिएन्टमा लन्च गरिएको छ जसमा ६जीबी र्याम प्लस १२८ जीबी स्टोरेज, ८जीबी र्याम प्लस १२८जीबी स्टोरेज, ८जीबी र्याम प्लस २५६जीबी स्टोरेज तथा ८जीबी र्याम प्लस ५१२जीबी स्टोरेज रहेको छ ।

यी फोनहरुको मूल्य १,९९९ चिनियाँ यूआनदेखि शुरु हुन्छ । फोन मूनलाइट ह्वाइट, मिडनाइट ब्ल्याक र मिन्ट ग्रीन कलर अप्सनमा उपलब्ध हुनेछ ।

यो फोन चीन बाहिरको बजारमा कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् । एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: २८ श्रावण २०७७, बुधबार

तपाइको प्रतिक्रिया