भूकम्प पत्ता लगाउने र प्रारम्भिक अलर्टहरू अब तपाईंको एन्ड्रोइड फोनमा !

Technology Khabar २८ श्रावण २०७७, बुधबार

भूकम्प पत्ता लगाउने र प्रारम्भिक अलर्टहरू अब तपाईंको एन्ड्रोइड फोनमा !

काठमाडौं ।

गूगलले भूकम्प पहिचान एन्ड्रोइड फोनहरूमा प्रारम्भिक सचेत गराउन अलर्टहरू प्रदान गर्ने भएको छ ।

गुगलले क्राउडसोर्स गरिएको परियोजनाको हिस्साको रुपमा एन्ड्रोइड फोनहरूमा भूकम्पको संकेत दिने प्रविधि राख्ने भएको छ ।

कम्पनीको योजनाअनुसार कुनै पनि एन्ड्रोइड फोनलाई मिनी भूकम्पको संकेत दिने सिस्मोमिटरमा रुपान्तरण गर्दछ, यदि यसो भएमा लाखौं अन्य एन्ड्रोइड फोनहरूलाई सामेल गर्दै यो विश्वको सबैभन्दा ठूलो भूकम्प पत्ता लगाउने नेटवर्कको गठन हुनेछ।

कम्पनीले विश्वव्यापी प्रख्यात भूकम्पविज्ञान र प्रकोप विज्ञ रिचर्ड एलेन, कुईङ्गकाईकोङ्ग र लुसी जोन्ससँग काम गरी विश्वको चारैतिर भूकम्पहरू पत्ता लगाउन यो प्रविधि प्रयोग गर्ने दृष्टिकोण अपनाएको हो।

गूगल ब्लगका अनुसार सबै स्मार्टफोनहरूमा साना एक्सेलेरोमीटरहरू राखिएका हुन्छन जसले तरंगहरु बुझ्दछ र यसले भूकम्प जाँदैछ भन्ने संकेत गर्दछ। यदि फोनले केहि पत्ता लगाउँदछ जुन भूकम्प जस्तो लाग्दछ भने यसले गूगलको भूकम्प पत्ता लगाउने अर्थक्विक डिटेक्सन सर्भरमा सिग्नल पठाउँदछ । यसले भूकम्प गएको स्थान पत्ता लगाउन सक्नेछ ।

यदि भूकम्प गइरहेको छ भने सर्भरले त्यसपछि धेरै फोनहरूबाट आएका सूचनाहरूलाई एकसाथ मिलाउँदछ।

कम्पनीले यो प्रविधि गूगल सर्चमा प्रभावित क्षेत्रको द्रुत र सही दृश्य साझेदारी गर्न प्रयोग गर्नेछ। जब व्यक्तिहरूले ‘भूकम्प’ वा ‘मेरो नजीकको भूकम्प’ सर्च गर्नेछन् त्यसबेला तिनीहरूले आफ्ना क्षेत्रका लागि सान्दर्भिक परिणामहरू भेट्टाउनेछन्, जसमा भूकम्प पछि के गर्ने भन्ने सहयोगी संसाधनहरूको बारेमा जानकारीहरु समेत हुनेछ ।

कम्पनीले यसको शुरुवात अमेरिकाको क्यालिफोर्नियाबाट शुरु गरिसकेको छ ।

Sajilo Visa

प्रकाशित: २८ श्रावण २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार