पहिलो पटक भर्चुअल माध्यमबाट नेपाल र बंगलादेशबीच वाणिज्य वार्ता हुँदै

Technology Khabar २८ श्रावण २०७७, बुधबार

पहिलो पटक भर्चुअल माध्यमबाट नेपाल र बंगलादेशबीच वाणिज्य वार्ता हुँदै
Classic Tech

नेपाल र बंगलादेशबीच हुने वाणिज्य सचिव स्तरीय वार्ता भर्चुअल माध्यमबाट हुने भएको छ ।

नेपालले पहिलो पटक यस्तो किसिमको भर्चुअल वाणिज्य वार्ता गर्दैछ।

नेपाल र बंगलादेशबीच जूममार्फत हुने वाणिज्य वार्ताको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गर्ने छन् ।

यसको लागि हालै मन्त्रिपरिषदले समेत सो वार्ताको लागि स्वीकृती दिईसकेको छ ।

यसअघिनै तय भएको बाणिज्य बैठक कोभिडका कारण जुममार्फत गर्न लागिएको हो ।

आईतवार हुने बैठकमा द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव ढकालसहित परराष्ट्र, कृषि, भन्सार लगायतका विभिन्न निकायका ११ सदस्यीय अधिकारीहरु सहभागी हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

पहिलो पटक बाणिज्य वार्ता भर्चुअल माध्यमबाट हुन लागेपनि यसअघि विभिन्न किसिमका अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनमा सरकारले सहभागीता जनाईसकेको छ ।

प्रकाशित: २८ श्रावण २०७७, बुधबार

Comments are closed.

Loading...