अनलाइन शेयर कारोबार प्रोत्साहित गराउन नेप्सेको आग्रह, अधिकांश सेवा हाल अनलाइनबाट मात्रै

Technology Khabar २७ श्रावण २०७७, मंगलवार

अनलाइन शेयर कारोबार प्रोत्साहित गराउन नेप्सेको आग्रह, अधिकांश सेवा हाल अनलाइनबाट मात्रै
Classic Tech

नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) ले कोरोना महामारीको संक्रमण बढिरहेको समयमा शेयर कारोबारमा अनलाइन माध्यमलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

नेप्सेले आफुले प्रदान गर्ने सेवाहरु डिजिटल माध्यमबाट गर्ने जानकारी दिँदै लगानीकर्ताहरुलाई समेत अनलाइन प्रणाली प्रयोग गर्न भनेको हो ।

साथै नेप्सेले धितोपत्र दलालहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न र सकेसम्म भौतिक उपस्थिति कम गराई लगानीकर्ताहरुलाई अनलाइन शेयर कारोबार गराउन प्रोत्साहित गर्न समेत निर्देशन दिएको छ।

नेप्सेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कार्यालयबाट हुने सेवाहरु ईमेल तथा अनलाईन मार्फत हुने बताएको छ ।

शेयर दलालहरुले नेप्सेसँग गुर्नपर्ने कामकार्वाहिका लागि भौतिक उपस्थिति संभव भएसम्म कम गर्ने उद्धेश्यले नेप्सेमा पठाउनुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत पठाउन भनेको हो।

नेप्सेमा पेश गर्नुपर्ने कागतपत्रहरु ईमेलमार्फत पिडिएफ फम्र्याटमा पठाउन, सदस्य दलालहरुले पठाउने बैंक ग्यारेन्टी आफ्नो बैंकमार्फत इमेलमा पठाउन भनेको छ ।

नेप्सेले विभिन्न किसिमका दस्तुरहरुको लागि विद्युतीय भुक्तानीको कारोबार गर्न र त्यसको जानकारी ईमेलमार्फत गराउन भनेको छ ।

यसैगरी संस्थापक शेयरको कारोबार गर्न गराउन सम्पूर्ण कागजात संकलन गरेपछि मात्र नेप्सेमा पेश गर्न, सूचिकृत कम्पनीको नविकरण शुल्क, सूचिकरण सम्झौता अनुसारका विवरण लगायतका कागजातहरु इमेलबाट पठाउन भनेको छ ।

यसका साथै सदस्य दलाहरुले धितोपत्र कारोबार गराउँदा लगानीकर्ताहरुलाई अनलाइन मार्फत शेयर कारोबार गर्न गराउन समेत निर्देशन दिएको छ।

प्रकाशित: २७ श्रावण २०७७, मंगलवार

Comments are closed.

Loading...