चार्ज गरिरहेको स्मार्टफोन अचानक विस्फोट हुँदा भारतमा ३ जनाको मृत्यु

Technology Khabar २७ श्रावण २०७७, मंगलवार

चार्ज गरिरहेको स्मार्टफोन अचानक विस्फोट हुँदा भारतमा ३ जनाको मृत्यु

काठमाडौं ।

भारतको तमिलनाडु राज्यमा निकै हृदयविदारक घटना प्रकाशमा आएको छ। तामिलनाडुमा मोबाइल विस्फोटका कारण दुई बालबालिका र एक महिलाको मृत्यु भएको छ।

भारतीय समाचार रिपोर्टहरुकाअनुसार तमिलनाडुको करुरमा मोबाइल पड्किँदा एक महिला र उनको दुई बच्चाहरूको मृत्यु भएको छ।

रिपोर्टकाअनुसार २९ वर्षीया मुथुलक्ष्मी मोबाइल चार्ज गर्दै थिईन र उनी फोन सुन्दै थिइन्। मोबाइल कल काटिएपछि अचानक विस्फोट भएको बताईएको छ ।

मोबाइल पड्किँदा भएको आगलागीमा परेर मुथुलक्ष्मी जलेकि थिईन भने त्यसबेला उनका छोराहरु ३ बर्षे रञ्जित र २ बर्षीय दीक्षित पनि कोठामा थिए।

मोबाइल ब्लास्टमा तीनैजना गम्भीर घाइते भएका थिए र तिनीहरूलाई अस्पताल लगिएको थियो। अस्पताल पुगेपछि उनीहरुलाई मृत घोषित गरिएको रिपोर्टहरुमा उल्लेख छ । एजेन्सी

easy care

प्रकाशित: २७ श्रावण २०७७, मंगलवार