बैं‌कका कर्मचारी वर्क फ्रम होममा रहनसक्ने, विद्युतिय कारोबार प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन

Technology Khabar २५ श्रावण २०७७, आईतवार

बैं‌कका कर्मचारी वर्क फ्रम होममा रहनसक्ने, विद्युतिय कारोबार प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन
सांकेतिक

काठमाडौं ।

बैं‌क तथा वित्तीय संस्थाहरुका कर्मचारीलाई पनि वर्क फ्रम होम अर्थात घरबाटै काम गर्न पाउने सुबिधा बैंकहरुले दिनसक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै अहिलेको विशेष परिस्थितीमा बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुलाई घरबाटै काम गराउन सकिने गरी निर्देशन दिएको हो ।

पछिल्लो समय संक्रमितहरु थपिँदै गरेको विभिन्न स्थानहरुमा लकडाउन गरिएको, जोरविजोर प्रणाली लागूगरिएका जस्ताका कारणले कर्मचारीहरु कार्यालयसम्म आउन नसक्ने हुँदा यस्तो व्यवस्था गर्न सकिने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन हुने गरि काम गर्न समेत निर्देशन दिएको छ ।

easy care

प्रकाशित: २५ श्रावण २०७७, आईतवार