सामसङको कर्ड माएस्ट्रो रेफ्रिजेरेटर नेपालमा, जसले सहजै दही बनाउँछ

Technology Khabar २५ श्रावण २०७७, आईतवार

सामसङको कर्ड माएस्ट्रो रेफ्रिजेरेटर नेपालमा, जसले सहजै दही बनाउँछ
Global IME Bank

काठमाडौं ।

कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा कर्ड माएस्ट्रो रेफ्रिजेरेटर उपलब्ध गराएको छ ।

यस रेफ्रिजेरेटर विश्वकै पहिलो हो जसले खानेकुरालाई सुरक्षित मात्र राख्दैन यसले खानेकुरा तयार समेत गर्दछ ।

यसबाट दैनिकरुपमा आफ्नो आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन सकिन्छ ।

विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ र दहीको खपत अधिक रहेको छ । कर्ड माएस्ट्रो (Curd Maestro™) सामसङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै आवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कर्ड माएस्ट्रोले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ–यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड माएस्ट्रोबाट कन्टेनरलाई झिक्नुहोस्, त्यसमा मनतातो दुध राख्नुहोस् र केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई कर्ड माएस्ट्रोमा राख्नुहोस् । यस पछि कर्ड अप्सनलाई छनौट गर्नुहोस् ।

कर्ड माएस्ट्रो रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्ने कम्पनीको दाबी छ ।

कर्ड माएस्ट्रोले जस्तोसुकै मौसममा पनि एकनाशको दही बनाउन सक्दछ । यो कर्ड माएस्ट्रो रेफ्रिजेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको छ ।

यो स्मार्ट कन्भर्टेवल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेनेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेशन, सिजनल तथा होम अलोन उपलब्ध रहेका छन् । यो कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ ।

यो कन्भर्टेवल मोडेलहरुमा भएको Twin Cooling Plus™ स्वतन्त्र कुलिङ्ग सिस्टम हो, यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लो हुन्छ । कम्पनीकाअनुसार जसले गर्दा फ्रिज र फ्रिजर बीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्नहुन सक्ने गन्ध रहँदैन्।

कर्ड माएस्ट्रो रेफ्रिजेरेटर सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापारमार्फत अगस्ट २०२० देखि उपलब्ध भएको छ ।

कर्ड माएस्ट्रो रेफ्रिजेरेटरका मोडेलहरु रु. ६३,९९० देखि रु ७८,९९० सम्ममा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २५ श्रावण २०७७, आईतवार

ताजा समाचार