Technology Khabar २४ श्रावण २०७७, शनिबार
फेसबुक इंकले कोरोनाभाइरसको प्रकोपका कारण जुलाई २०२१ सम्म कामदारहरूलाई घरबाट काम गर्न अनुमति दिएको छ ।
यसका साथै कम्पनीले उनीहरूलाई घरमा नै कार्यालय बनाउने आवश्यकताको लागि १,००० डलर प्रदान गर्ने सोशल मीडिया मिडियाका प्रवक्ताले बताए।
यो निर्णयसँगै कम्पनी अन्य ठूला टेक्नोलोजी फर्महरूमा सामेल हुन्छ जसले हालसालै यस्तै कदमहरू चालेका छन्।
गएको जुलाईको अन्त्यतिर, अल्फाबेट इंकको गुगलले जुन २०२१ को अन्त्यसम्म अफिसमा काम गर्न नचाहेका कर्मचारीहरूलाई घरबाटै काम गर्न अनुमति दिने बताएको थियो ।
अर्को सोशल मिडिया ट्विटर इंकले केही कर्मचारीहरूका लागि अनिश्चित कालको लागि वर्क फ्रम होमको प्रस्ताव गरेको थियो। र उनीहरुलाई घरबाटै काम गर्न चाहेमा दिने बताएको थियो ।
‘स्वास्थ्य र सरकारी विज्ञहरुको मार्गदर्शनका आधारमा, र यसका साथै यी विषयमा हाम्रो आन्तरिक छलफलबाट लिइएको निर्णयका आधारमा हामी कामदारहरूलाई जुलाई २०२१ सम्म स्वेच्छाले घरबाटै काम गर्न दिनेछौं,’ फेसबुकका प्रवक्ताले विज्ञप्तिमा भने।
फेसबुकले प्रतिबन्धित क्षमतामा कार्यालयहरू पुन खोल्न जारी राख्ने बताएको छ, जहाँ सरकारी मार्गदर्शनले अनुमति दिन्छ र जहाँ करीव दुई महिनादेखि भाइरस न्यूनीकरण भईरहेको छ । एजेन्सीका साथ
प्रकाशित: २४ श्रावण २०७७, शनिबार