Technology Khabar २४ श्रावण २०७७, शनिबार
काठमाडौं ।
के तपाईं मोबाइल रिचार्ज प्याक खोज्दै हुनुहुन्छ, जुन तपाईंको डाटाको माग पूरा गर्न सक्दछ ? त्यसोभए तपाईँले पहिले आफु कस्तो किसिमको इन्टरनेट प्रयोगकर्ता हो भनेर जान्नु आवश्यक छ।
यसका साथै तपाईँलाई रिचार्ज प्याकहरू बारे जानकारी हुनुपर्दछ जुन तपाईंको आवश्यकता अनुसार उपलब्ध भएको होस्।
के तपाईँलाई थाहा छ रिचार्ज योजनाहरु आधारभूतरुपमा तीन प्रकारले बनाईएको हुन्छ । जुन बिभिन्न तहका प्रयोगकर्ताहरूको उपयोगिताअनुसार डिजाइन गरिएको हुन्छन्।
सामान्य डाटा उपभोगकर्ता
पहिलो समूह भनेको सामान्यरुपमा इन्टर्नेट प्रयोगकर्ताहरू हो। यिनीहरू जसले एकदम थोरै डाटा प्रयोग गर्दछन्।
कम डाटासहितको योजनाहरू ती प्रयोगकर्ताहरूका लागि हुन् जसले हेभी गेम्स, प्रत्यक्ष स्ट्रिमिग र ओटिटि प्लेटफर्महरूमा चलचित्रहरू हेर्ने लगायतका गतिविधिहरू गर्दैनन्।
यदि तपाईँ यस कोटीको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले अधिकतम दैनिक १ जीबीको डाटा प्याक प्रयोग गर्न सक्नुहुनेछ। यति डाटाको साथ तपाईँ ईमेल, फेसबुक, ट्विटर, इन्स्टाग्राम र अन्य धेरै कामहरु गर्न सक्नुहुनेछ।
औसत डाटा उपभोगकर्ता
यसपछि यहाँ केहि डाटा योजनाहरू छन् जुन औसत डाटा उपभोग गर्नेहरूको लागि डिजाइन गरिएको हुन्छन्। यी योजनाहरूको साथ, एचडी भिडियो, डाउनलोड, आधारभूत काम, प्रत्यक्ष स्ट्रिमिग र केही समयको लागि अनलाइन खेलहरू जस्ता कार्यहरु लिएको डाटा भित्रैबाट गर्न सकिन्छ।
यदि तपाईं पनि यस कोटिको प्रयोगकर्ता हुनुहुन्छ भने तब तपाईँ १.५ जीबीदेखि २ जीबीसम्मको दैनिक डाटा प्याक रोज्न सक्नुहुन्छ । २ जीबी डाटा प्याकको साथ तपाईँले निश्चित समयसम्मको लागि ब्राउजिङ्गका साथ दैनिक मूभी हेर्न सक्नुहुन्छ।
हेभी मोबाइल इन्टर्नेट प्रयोगकर्ताहरू
अन्तमा आउँछन हेभी मोबाइल इन्टर्नेट प्रयोगकर्ताहरू, अर्थात् जो दैनिकरुपमा धेरै डाटा प्रयोग गर्दछन्। अनलाइन खेलहरू र अनलाइन सम्पादन जस्ता चीजहरू ठूला डाटा योजनाहरूमार्फत गर्न सकिन्छ।
त्यस्ता इन्टरनेट प्रयोगकर्ताहरूले रिचार्ज प्याक प्रस्ताव लिनका लागि ३ जीबी देखि माथिका डाटा प्लान रोज्न सक्छन्।
यद्यपि यी योजनाहरू केहि महँगा हुन्छन् र तपाईँले आफ्नो गोजीबाट केही थप रकम खर्च गर्नु पर्नेछ। यी योजनाहरूलाई दीर्घकालीन योजनाहरू समेत भनिन्छ।
यस बाहेक यस्ता अधिक इन्टर्नेट प्रयोगकर्ताहरूले वाईफाई पनि प्रयोग गर्न सक्दछन्।
प्रकाशित: २४ श्रावण २०७७, शनिबार