सेन्चुरी कमर्शियल बैंकद्धारा थ्रीडी सेक्युअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु

Technology Khabar २४ श्रावण २०७७, शनिबार

सेन्चुरी कमर्शियल बैंकद्धारा थ्रीडी सेक्युअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु
Classic Tech

सेन्चुरी कमर्शियल बैंकले हालै थ्रीडी सेक्युअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु गरेको छ।

बैंकले भारतको ईजीलिएन्ट टेक्नोलोजीसँगको सहकार्यमा नयाँ सेवा ल्याएको हो ।

सो सम्झौताअनुसार उक्त बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट विभिन्न अनलाइन माध्यमबाट पनि सामान किन्न सकिन्छ।

यसअघि यी कार्डबाट पैसा निकाल्न र सामान किन्न मात्रै सकिन सुबिधा थियो।

थ्रिडी सेक्युअर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा ‘वान टाइम पासवर्ड’ (ओटिपी) आफ्नो मोबाइल वा ईमेलमा पाउन सक्छन्।

यो सेवामा कार्ड र ओटिपी दुबै आवश्यक पर्ने हुँदा कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकले बताएको छ।

प्रकाशित: २४ श्रावण २०७७, शनिबार

Comments are closed.

Loading...