ह्वावेद्वारा एशिया प्यासिफिक क्षेत्रमा कोभिड पश्चातको विश्वमा अनुकुल उद्यमहरूलाई प्रेरित गर्दै

Technology Khabar २३ श्रावण २०७७, शुक्रबार

ह्वावेद्वारा एशिया प्यासिफिक क्षेत्रमा कोभिड पश्चातको विश्वमा अनुकुल उद्यमहरूलाई प्रेरित गर्दै
NTC_Advt

‘डिजिटल ट्रान्सफोर्मेसन लिडिङ्ग टु अड्याप्टिभ इन्टरप्राइजेज’ को विषयवस्तुमा ह्वावेले एपीएसी इन्टर्प्राइज डिजिटलाइजेसन शिखर सम्मेलन बिहीबार अनलाइन आयोजना गरिएको थियो ।

उद्योगका अग्रणीहरू र एशिया प्रशान्तका चिन्तन गर्ने नेतृत्व भेला भएर कसरी इनोभेटिव आईसीटी टेक्नोलोजी जस्तै ५जी, क्लाउड र एआईमार्फत उद्यमहरूले डिजिटल रूपान्तरणको गति बढाउन मद्दत गर्न सक्दछ र कोभिड–१९ पछिको विश्वमा भएका परिवर्तनहरूसँग अनुकूलन गर्न सकिन्छ भनेर छलफल गरेका थिए ।

कोभिड–१९ महामारीका कारण औद्योगिक डिजिटलाइजेसनले द्रुत विकासको नयाँ चरणमा प्रवेश गरेको छ – यो दृढ लचिलो बजार र बृद्धिको ठूलो सम्भावना भएको संकेत हो । भविष्य उन्मुख ईलास्टिक आईसीटी आर्किटेक्चरले उद्यमहरूलाई “ब्ल्याक स्वान” घटनाको प्रभावको सामना गर्न र ब्यापार मोडेलहरू परिवर्तन गर्न मद्दत गर्दछ ।

‘संस्थाहरूले उनीहरूको रिकभरी यात्रालाई तीव्र गर्दै गर्दा र अबको नयाँ जनजीवनमा प्रतिस्पर्धा गर्न आफू तयार हुँदै गर्दा महत्वपूर्ण पूर्वाधार जस्तै डिजिटलर आईटी र नेटवर्क इन्फ्रास्ट्रक्चरलाई मुख्य कार्यकारी अधिकृतको नयाँ बिजनेस एजेन्डा आइटम मध्य एकको रूपमा उजागर गरेको छ,’ शिखर सम्मेलनमा ईन्टरनेशनल डाटा कोर्पोरेसन (आईडीसी) का ग्रुप उपाध्यक्ष सान्ड्रा एनजीले भनिन् ।

यस रूपान्तरणको सहज प्रगति सुनिश्चित गर्न उद्यमहरू प्राविधिक चुनौतीहरूलाई लिएर लचिलोे र अनुकूली हुनुपर्दछ, स्यान्ड्रा एनजीले टिप्पणी गरिन्। उनले यस क्षेत्रका कम्पनीहरूको शिर्ष ब्यबस्थापनका लागि नयाँ बिजनेस एजेन्डा पनि ल्याईन्, जसमा भरपर्दो आईटी पूर्वाधार, ग्राहक अनुभवमा पुनर्मूल्यांकन र नयाँ टेक्नोलोजीहरू र इन्टेलिजेन्ससँग काम गर्ने क्षमताको निर्माण गर्न आवश्यकता पर्दछ ।

“आईडीसी वर्ल्डवाइड सेमिअन्युअल डिजिटल ट्रान्सफोर्मेसन स्पेन्डिङ गाइड” अनुसार, २०१९ मा, एसिया प्यासिफिक क्षेत्रमा मात्रै व्यापारिक अभ्यास, उत्पादन र संगठनहरूको डिजिटल रूपान्तरण प्रवर्धन गर्ने उद्देश्यका लागि प्रविधि र सेवामा कुल ३.८ खर्ब अमेरिकी डलर खर्च भएको थियो । यो अनुमान गरिएको छ कि २०२२ सम्ममा १७.४ प्रतिशत को वार्षिक बृद्धि भई लगानी बढ्ने छ ।

व्यापक इन्टेलिजेंसको लागि हरेक क्याम्पसमा डिजिटल प्रबिधी

५जी र आईओटीले तीव्र रूपमा इन्टरप्राइज आईसीटी पूर्वाधार परिवर्तन ल्याउदै छ र धेरै उद्यमहरूले आफ्नो डिजिटल रुपान्तरण यात्रामा उत्तम र उपयुक्त प्रविधि र आर्किटेक्चरको अन्वेषण गरिरहेका छन् ।

ह्वावेले ५जी र इन्टरप्राइज नेटवर्क मा एक विश्व अग्रणीको रूपमा आईपी, अप्टिकल र ५जी पहुँच समग्रमा कन्भर्जेन्ट क्याम्पस नेटवर्क निर्माण र उद्यम रूपान्तरण यात्रामा बिभिन्न व्यापारिक आवश्यकताहरुलाई सम्बोधन गर्ने बारे आफ्नो धारणा साझा ग¥यो । ब्रान्डन वू, ह्वावे ईबीजी एशिया प्यासिफिकका सीटीओले उद्यमहरूलाई सबैभन्दा राम्रो नेटवर्क विकल्पहरू छनौट गर्न सल्लाह दिनुभयो जुन उपयोगलाई सक्षम गर्नको लागि सबै प्रकारका परिदृश्यहरूमा आवश्यक पर्दछ ।

ह्वावे इन्टर्प्राइज बिजनेस ग्रुपका सीटीओ, डब्ल्यूके लेउंग विश्वास गर्नु हुन्छ कि कन्भर्जड नेटवर्क डिजिटल रूपान्तरण टेवाका लागि एक आधारभूत हो । एक सामान्य संस्थाको आईसीटीले सामान्यतया दुई प्रमुख बिल्डिङ ब्लक्स समावेश गर्दछः डाटा सेन्टर र क्याम्पस ।

ह्वावे इन्टेलिजेन्ट क्याम्पस रणनीतिमा, उदाहरणका लागी, प्राथमिक रूपान्तरित नेटवर्क र भर्टिकल लेयर डिकपलिङ पर्दछ । ५जीद्वारा संचालित इन्टेलिजेन्ट एकीकृत नेटवर्क, बिभिन्न भर्टिकल उद्योगहरूबाट विश्वका धेरै ग्राहकहरूलाई लागू गर्न सक्दछ ।

५जी एआई र क्लाउड मार्फत एप्याक डिजिटल रुपान्तरण तीव्रता

महामारीको प्रकोपले उद्यमहरूको क्लाउड रुपान्तरणलाई पनि तीव्र पारेको छ । हाइब्रिड क्लाउडले, विशेष गरी प्रक्रियालाई सुव्यवस्थित गर्न र प्रक्रियाको क्रममा चुस्त प्रतिक्रिया प्रमाणित गर्न महत्व प्राप्त गरिरहेको छ ।

‘ह्वावे क्लाउडको फुल स्ट्याक एआई सोलुसनलाई प्रत्येक उद्योगमा ठूलो मात्रामा एआई कार्यान्वयनको गतिलाई मुल उत्पादन प्रणालीहरूमा लागू गरिएको छ,’ ह्वावे क्लाउड र एआई बिजनेस ग्रुपका चीफ मार्केटिंग अफिसर एडवर्ड डेंगले भने, ‘सोलुसनले ठूला उद्यमहरूको क्लाउड रुपान्तरणको लागि उत्तम मार्ग प्रदान गर्दछ ।’

सफल ग्राहक र साझेदार मध्य मलेशियन कोङ्लोमेरेट सनवे समूह हो । ‘क्लाउड सनवेमा हाम्रो रणनीतिको मुख्य अंश हो र हामी आशा गर्दछौं कि ह्वावेले यो रणनीतिलाई माथिल्लो तहमा पुर्याउन मद्दत गर्दछ,’ सनवे समूहका प्रमुख सूचना अधिकारी केविन खु ले भने ।

भविष्यलाई नियालेर हेर्दा डेङ्ग विश्वास गर्छन् कि डिजिटल रूपान्तरणले ५जी, क्लाउड र एआई प्रबिधिको अभिसरणलाई नेतृत्व गर्नेछ । क्लाउड, ५जी तथा अन्य द्वारा समर्थित मौलिक कनेक्टिभिटीको साथ नयाँ प्रबिधिको र एआईद्वारा संचालित एप्लिकेसनहरूको विकास अन्ततः प्राविधिक प्रगतिको असाधारण क्षेत्रतर्फ लम्किने छ ।

“हाम्रा साझेदारहरूसँग मिलेर ह्वावे क्लाउड साझा सफलताको लागि एक मजबूत इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ,“ डेङ्गले भने ।

प्रकाशित: २३ श्रावण २०७७, शुक्रबार