टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय प्रवेशमा कडाई गरिँदै

Technology Khabar २३ श्रावण २०७७, शुक्रबार

टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय प्रवेशमा कडाई गरिँदै
Classic Tech

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो केन्द्रिय कार्यालयसहित अन्य कार्यालयहरुमा सर्वसाधारणको आवगमनलाई कडाई गरेकोछ ।

सरकारी स्वामित्वको टेलिकम अपरेटर नेपाल टेलिकमको कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि कार्यालयहरु प्रवेशमा कडाई गरिएको हो ।

टेलिकमका बबरमहल स्थित कम्पनीको तालिम केन्द्रसमेत रहेको कार्यालयमा कार्यरत एक कर्मचारीलाई पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि टेलिकमले सर्तकता अपनाएको बताईएकोछ।

बबरमहल कार्यालयमा कार्यरत एक कर्मचारी जनकपुरबाट केहि दिनअघि काठमाडौं आएर कार्यालयमा काम गरिरहेका थिए र उनमा कोरोनाको लक्षण देखिएसँगै पिसिआर परीक्षण गरिएको थियो ।

सो परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको टेलिकम स्रोतले जानकारी दियो ।

‘बबरमहलमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि केन्द्रिय कार्यालयमा समेत सुरक्षा अपनाईएको हो । ती कर्मचारीको सम्पर्कमा आएका अन्य १५ जनाको पनि ट्रेसिङ्ग गरेर कोरोना परीक्षण गरिएको छ,’ स्रोतले भन्यो ।

मुख्य कार्यालयको बन्द गरिएको प्रवेशद्धार जहाँ हाल आगन्तुकहरुलाई अनुमतिपछि मात्र भित्र जान दिईन्छ ।

कम्पनीको मुख्य कार्यालयमा कर्मचारीहरुको संख्या सिमित गरिएको छ भने बाहिरी आगन्तुकहरुलाई सम्बन्धित कर्मचारीसँग सम्पर्क गरेपछि मात्र भित्र प्रवेश गर्न दिईएको छ । त्यसैगरि बाहिरी कार्यालयका कर्मचारीहरुलाई पनि केन्द्रिय कार्यालय प्रवेशमा कडाई गरिएको छ ।

पछिल्लो दिनमा काठमाडौं उपत्यकामा बाहिरबाट आउने व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको भन्दै सरकारले समेत सतर्कता अपनाएको छ भने गृह मन्त्रालयले समेत उपत्यका भित्रने नाकामा कडाई गरेको छ ।

प्रकाशित: २३ श्रावण २०७७, शुक्रबार

Comments are closed.

Loading...