सूर्य नेपालको त्रिसारा अगरबत्ती नेपाली बजारमा

Technology Khabar २२ श्रावण २०७७, बिहीबार

सूर्य नेपालको त्रिसारा अगरबत्ती नेपाली बजारमा
Classic Tech
Nepal Telecom

सूर्य नेपाल प्रा. लि. को गुणस्तरीय उत्पादन मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमानै आम उपभोक्ता माझ निकै नै लोकप्रिय अगरबत्ती बन्न सफल भएको छ ।

मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धान र ग्राहकहरुसँगको नियमित संवाद तथा उनीहरुको चाहनालाई सम्बोधन गर्दै कम्पनीले “मंगलदीप त्रिसारा”नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ ।

त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहक महानुभावहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने छन् । त्रिसाराको प्रति प्याक मूल्य रु. १०० कायम गरिएको छ र यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् । जिप लकले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समयसम्म टिक्ने जानकारी कम्पनीले गराएको छ ।

त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने निर्णय कम्पनीले गरेको छ ।

विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा विक्रि गरि ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिराखेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २२ श्रावण २०७७, बिहीबार

Comments are closed.

Loading...