टिकटकले ५० करोड डलर लगानीमा आयरल्यान्डमा डाटा सेन्टर निर्माण गर्ने

Technology Khabar २२ श्रावण २०७७, बिहीबार

टिकटकले ५० करोड डलर लगानीमा आयरल्यान्डमा डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं ।

टिकटकले आयरल्यान्डमा ५० करोड डलर लगानीमा डाटा सेन्टर निर्माण गर्ने योजना बनाएको बताएको छ।

भिडियो साझेदारी एप(अनुप्रयोग)मा यूरोपीयन प्रयोगकर्ताहरूद्वारा उत्पन्न भएका भिडियो, सन्देशहरू र अन्य डाटाहरु भण्डारण गर्नेछ।

अहिलेसम्म यसका सबै प्रयोगकर्ताहरूको रेकर्ड सिंगापुरमा ब्याकअप कपी सहित अमेरिकामा भण्डार गरिएको थियो ।

यो घोषणा त्यस्तो बेला आएको छ जब अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा एपलाई प्रतिबन्ध लगाउने धम्की दिएका थिए । यसको चिनियाँ स्वामित्वले यसलाई राष्ट्रिय सुरक्षा जोखिम बनाउने आधारमा उनले चेतावनी दिएका हुन्।

टिकटकको बेइजिङ्गमा आधारित प्यारेन्ट कम्पनी बाइटडान्सले सो आरोप अस्वीकार गर्दै आएको छ। यद्यपि यो अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डका आफ्ना अपरेशनहरू माइक्रोसफ्टलाई बेच्न वार्तामा रहेकोछ।

अन्य सोशल मिडिया एप जस्तै टिकटकले यूजरको उमेरऽपासवर्ड इमेल ठेगाना र फोन नम्बर उनीहरुको मोबाइलमा रहेको कन्ट्याक्ट एड्रेसहरुऽ कमेन्टहरुऽ पोस्टमा भएका फोटो र भिडियोहरुलगायत स्टोर गर्दछ ।

कम्पनीले आयरल्यान्डमा गरिने ५० करोड डलर लगानीको डाटा सेन्टरलाई दिर्घकालिन योजना भएको बताएको छ । बीबीसीबाट

Global Bank
easy care

प्रकाशित: २२ श्रावण २०७७, बिहीबार