एनसेल आजीयाटाले सुरु गर्यो वाईफाई, टक टाइम र डाटा बन्डल सहितको वायरफ्री प्लस सेवा

Technology Khabar २२ श्रावण २०७७, बिहीबार

एनसेल आजीयाटाले सुरु गर्यो वाईफाई, टक टाइम र डाटा बन्डल सहितको वायरफ्री प्लस सेवा
Classic Tech

नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाईफाई कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् ।

एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाईफाई सेवा सुरु गरेको छ ।

कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवार (साउन २०) देखि सुरु गरेको हो । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाईफाई सेवा हो । यो प्रविधि अन्तर्गत उपभोक्ताले बिना तारको प्रयोग डाटा सेवा लिन सक्छन् ।

प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डाटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विशेषता रहेको छन् ।

गत महिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन सुरु गरेको थियो ।

वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “वायरलेस प्रविधिमार्फत डाटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं । यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।”

वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्ने बताईएको छ ।

गोल्ड समुह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डाटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डाटा प्राप्त गर्दछन् ।

त्यस्तै प्लाटिनम समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डाटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डाटा प्राप्त गर्दछन् ।

डायमण्ड समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डाटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डाटा प्राप्त गर्दछन् ।

वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्ने कम्पनीले जानकारी दिएको छ।

४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकलाई यो शुल्क छुट गरिएको छ । ग्राहकले लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पुर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्धेश्य लिएको छ ।

यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै कम्पनीको वायरफ्री प्लस वाइफाइ पेज जततउकस्ररधधध।लअभिि।बहष्बतब।अयmरधष्चभाचभभउगिक मा गई विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिने कम्पनीले जनाएकोछ ।

प्रकाशित: २२ श्रावण २०७७, बिहीबार

Comments are closed.

Loading...