सामसङ ग्यालेक्सी नोट २० सिरिज सार्वजनिक, ग्यालेक्सी जेड फोल्ड २ ५जी र ट्याबलेट साथमा

Technology Khabar २१ श्रावण २०७७, बुधबार

सामसङ ग्यालेक्सी नोट २० सिरिज सार्वजनिक, ग्यालेक्सी जेड फोल्ड २ ५जी र ट्याबलेट साथमा
Classic Tech
Nepal Telecom

सामसङले बुधबार एक अनलाइन इभेन्टमार्फत आफ्नो ग्यालेक्सी नोट २० सिरिजमा डिभाइसहरु लन्च गरेको छ । कम्पनीले पहिलो पटक भर्चुअल इभेन्टमार्फत आफ्ना फ्ल्यागशिप डिभाइसहरु सार्वजनिक गरेको हो ।

कम्पनीले नोट सिरिजमा नयाँ स्मार्टफोनहरु सामसङ ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा सार्वजनिक गरेको छ।

यसका साथै कम्पनीले ग्यालेक्सी नोट २० सिरिजको ५जी भेरिएन्ट पनि ल्याएको छ ।

सामसङले ग्यालेक्सी अनप्याक्ड इभेन्टमार्फत आफ्नो फोल्डेबल डिभाइसहरु पनि सार्वजनिक गरेको छ । जसमा ग्यालेक्सी जेड फोल्ड २ ५जी स्मार्टफोन रहेको छ ।

ग्यालेक्सी नोट २० सिरिजमा कम्पनीले क्वालकम स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर प्रयोग गरेको छ भने यसका साथमा कम्पनीको आफ्नै इनहाउस प्रोसेसर एक्सनोज ९९० समेत रहेको भेरिएन्ट ल्याएको छ । स्न्यापड्रागन प्रोसेसर अमेरिकी बजारका लागि मात्र हुनेछ ।

ग्यालेक्सी नोट २० फोनको शुरुवाती मूल्य ९५० यूरोदेखि शुरु भएको छ भने नोट २० अल्ट्राको मूल्य १,३०० यूरोदेखि रहेको छ ।

ग्यालेक्सी नोट २० मा ६.७ इन्चको सूपर एमोलेड डिस्प्ले तथा नोट २० अल्ट्रामा ६.९ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ। यसको डिस्प्लेलाई हालै सार्वजनिक भएको गोरिल्ला ग्लास भिक्टसबाट सुरक्षित बनाईएको छ ।

यसका साथमा अल्ट्रासोनिक अण्डरडिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

ग्यालेक्सी नोट २० मा १२ मेगापिक्सेल प्लस १२ मेगापिक्सेल प्लस ६४ मेगापिक्सेलको ३एक्स जूमसहितको क्यामरा राखिएको छ । सेल्फीका लागि १० मेगापिक्सेलको क्यामरा रहेको छ।

नोट २० अल्ट्रामा भने १०८ मेगापिक्सेलको मुख्य क्यामराका साथमा १२ मेगापिक्सेलको टेलीफोटो प्लस १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स रहेको छ ।

सामसङ ग्यालेक्सी नोट २० मा ४३०० एमएएचको ब्याट्री प्याक छ भने नोट २० अल्ट्रामा ४,५०० एमएएचको ब्याट्री प्याक राखिएको छ ।सामसङ ग्यालेक्सी नोट २०को ब्याट्री केबल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुनसक्छ ।

सामसङ ग्यालेक्सी नोट २० र सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा दुबैमा एस पेन उपलब्ध हुनेछ ।

सामसङ ग्यालेक्सी नोट २० ५जी संस्करण समेत उपलब्ध भएको छ ।

कम्पनीले ल्याएको अर्को डिभाइस ग्यालेक्सी जेड फोल्ड २ ५जीमा ७.७ इन्चको सूपर एमोलेड डिस्प्ले छ । फोनमा क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर राखिएको छ । यो फोन ग्यालेक्सी जेड फोल्डको सक्सेसर डिभाइसको रुपमा आएको छ ।

यस बाहेक कम्पनीले सो इभेन्टमा ग्यालेक्सी बड्स, ग्यालेक्सी वाच ३ पनि ल्याएको छ । सामसङले ग्यालेक्सी सिरिजका नयाँ ट्याबलेटहरुसमेत ल्याएको छ ।

TK Viber

प्रकाशित: २१ श्रावण २०७७, बुधबार

Comments are closed.

Loading...