Technology Khabar २१ श्रावण २०७७, बुधबार
काठमाडौं ।
उबर र वेमो बीचको मुद्दाको केन्द्रमा रहेका गूगलका पूर्व इन्जिनियर र सीरियल उद्यमी एन्थोनी लेभान्डोव्स्कीलाई व्यापारको गोप्य जानकारी चोरीको एउटा गन्तीमा १८ महिनाको जेल सजाय सुनाइएको छ।
निर्णय सुनाउँदै न्यायाधीश अल्सपले भने- ‘घरमा नै कैदमा राख्दा भविष्यका हरेक विलक्षण इञ्जिनियरलाई व्यापारको गोप्यता चोरी गर्न हरियो बत्ती दिनेछ। जेलको समय यसको जवाफ हो।’
अदालतको कार्यवाहीको क्रममा, लेभान्डोव्स्कीले वेमोलाई ७ लाख ५६ हजार ४९९.२२ अमेरिकी डलर फिर्ता तयार भए भने ९५ हजार डलर जरिवाना तिर्न सहमत भए।
अमेरिकी जिल्ला अटार्नीको कार्यालयले अदालतमा बहस गर्दै उनलाई २७ महिनाको जेल सजाय सिफारिस गरेको थियो । लेभान्डोव्स्कीले अहंकार वा लोभको लागि अपराध गरेको थियो, र उनी एक धनी मानिस बताएको थियो। तर लेभान्डोव्स्कीले जरिवाना, १२ महिनाको घरबन्दी र २०० घण्टा सामुदायिक सेवा खोजेका थिए।
यो मुद्धा विशेषगरि गूगलको वेमो हाल अल्फाबेट अन्तरगत र उबरबिच भएको हो । जसमा सन् २००९ मा गूगलको सेल्फ ड्राइभिङ्ग प्रोजेक्ट वेमोको संस्थापक सदस्य थिए ।
अदालती कागतअनुसार गूगलले उनलाई त्यसबेला चौफुर भनिने सो प्रोजेक्टमा १२७ मिलियन डलर भुक्तानी गरेको थियो ।
सन् २०१६ मा उनले गूगलको सो प्रोजेक्ट छोडेर गूगलकै साथीहरु मिलेर ओट्टो शुरु गरेका थिए । जसलाई करिब ८ महिनामा नै उबरले किनेको थियो ।
त्यसबेला गूगलले उनी विरुद्ध अभियोग लगाउँदै मुद्धा दिएको थियो तर त्यसमा उबरलाई विपक्षी बनाईएको थिएन् । पछि २०१७ मा फेब्रुअरीमा वेमोले उबरको विरुद्ध ट्रेड सिक्रेट चोरी र पेटेन्ट उलंघनको आरोपमा मुद्धा दायर गरेको थियो ।
त्यसबेला वेमो र उबरले सो विवादलाई आफैं मिलाएका थिए । जसमा उबरले करिब २४४.८ मिलियन डलरको शेयर हिस्सा उबर इक्वीटीको रुपमा दिएको थियो ।
तर लेभान्डोव्स्कीले फेरी यहि जुलाईमा मुद्धा दायर गरेका थिए जसमा उनले वेमो र उबरको सहमतिको शर्तमा उबरले उनीसँग कहिलेपनि काम गर्न नपाउने उल्लेख भएको दाबी गरेका थिए ।
उनले उबरको विरुद्ध ४ अर्ब डलर क्षतिपूर्ति बापतको मुद्धा समेत दायर गरेका छन् ।
सन् २०१९ मा अमेरिकी जिल्ला अटार्नीको कार्यालयले गूगलमा उनी कार्यरत रहँदा ट्रेड सिक्रेट चोरी गरेको अभियोगमा मुद्धा दायर गरेको थियो र हाल सोहि मुद्धाको फैसला भएको हो । टेक क्रन्चबाट
प्रकाशित: २१ श्रावण २०७७, बुधबार